
काठमांडौं ।
पौष जनता समाजवादी पार्टी, नेपालको प्रचारप्रसार तथा प्रकाशन विभागको बैठकले केन्द्रीय पदाधिकारी चयन गरेको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार बसेको विभागको बैठकले दुई जना पदाधिकारी चयन गर्दै विभागलाई पूर्णतः दिएको छ।




जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र साहको उपस्थितिमा पूर्णबहादुरबस्नेत प्रमुख रहेको उक्त बैठकले उपप्रमुखमा शम्भु झा, सचिवमा देवबहादुर दुरालाई मनोनयन गरेको छ।
गत जेष्ठमा जनकपुरमा सम्पन्न पार्टीको महाधिवेशन पछि प्रथम पटक बसेको प्रचार विभागको बैठकले प्रदेश, जिल्ला र पालिकास्तरमा प्रचार विभाग गठन गरी देशब्यापी रुपमा त्यसलाई अझ प्रभावकारी र व्यवस्थित गर्ने निर्णय गरेको छ।






Comments are closed, but trackbacks and pingbacks are open.