विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कर्ण महिला समूहद्वारा ऐतिहासिक बनभोज र सम्मान कार्यक्रम सम्पन्न

सिम्रौन्गढ़ नपा psa

भोजराज घिमिरे, विराटनगर।

र्ण गोष्ठी महिला समूह, विराटनगरले ऐतिहासिक बनभोज तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ। समूहकी अध्यक्ष प्रमिला कर्णको नेतृत्वमा आयोजित कार्यक्रममा करिब १०० महिलाको सहभागिता रहेको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रमको मुख्य आकर्षण वृक्षारोपणमा सहभागी ३२ महिलाको सम्मान थियो। आमाको नाममा वृक्षारोपण गरेका ती महिलाहरूलाई सम्मानपत्र प्रदान गरियो। साथै, अन्तर्राष्ट्रिय झिझिया नृत्य प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल विराटनगरकी नीरू कर्णलाई पनि ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरियो।

Karaiya Mai Notice Winter

कार्यक्रम संयोजक नीलु कर्ण र कल्पना कर्णले महिलाहरूको सहभागिता र सक्रियता प्रेरणादायी रहेको बताउँदै समूहको आगामी योजनाबारे प्रकाश पारे। समूहकी उपाध्यक्ष अभा दास र मंजु दत्तका अनुसार, कर्ण महिलाहरूको यो भेलालाई प्रदेशमा ऐतिहासिक मानिएको छ।

समूहकी अध्यक्ष प्रमिला कर्णले आफ्नो भाषाको संरक्षण, संस्कृतिको प्रवर्द्धन, र सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। साथै, महिलाहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम, शिक्षामा प्रगति, र अन्य विकासका कामलाई प्राथमिकतामा राख्ने योजना रहेको जानकारी दिइन्।

कर्ण महिला समूहले विगतमा पनि धेरै सामाजिक कार्यहरू सफलतापूर्वक सम्पन्न गरेको छ। समूहले यस कार्यक्रममार्फत सामाजिक जागरण र महिलाहरूको सशक्तीकरणमा ठोस योगदान दिएको उल्लेख गरिएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.