
काठमांडौ।

लोसपा नेपाल लाई अब्बल तथा सब्बल बनाउन केहि पार्टी प्रतिनिधिहरु लाई सम्मान सहित पदभार बढाउदै मनोनीत गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष मा.महन्थ ठाकुरले लोकतान्त्रिक यूवा संघको संयोजक पदमा भिनुक लाल राय (सुजन), लोकतान्त्रिक महिला संघको संयोजक पदमा मिनु ठाकुर, लोकतान्त्रिक ट्रेेड युनियन महासंघको संयोजक पदमा केशव अधिकरी लाई मनोनयन गरिएको पत्र आज विधिवतरूपमा बुझी पदभार ग्रहण गरेका छन्।



उक्त अवसरमा पार्टीका बरिष्ठ उपाध्यक्ष मा.जितेन्द्र सोनल, उपाध्यक्ष डा.आभास लाभ, महासचिवद्वय डा.सुरेन्द्र झा, मनिष मिश्र लगायतका नेताहरूले अबिर तथा खादा लगाई बधाई एवम शुभकामना ब्यक्त गर्नुका साथै नव मनोनीत संपूर्णमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना समेत गरेका छन्।






Comments are closed, but trackbacks and pingbacks are open.