
कलैया, बारा।

रास्वपा बारा जिल्ला समितीले मैनबती बाली खुसियाली मनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रबि लामिछाने लाई कास्की जिल्ला अदालतले धरौटी रकम ६५ लाखमा छोडे लगतै न्यायलय माथी आम नेपाली नागरिकको बिश्वास बढेको अवसरमा खुसियाली मनाउदै बारा जिल्लाको सदरमुकाम भरत चौकमा मैनबती बाली जय घण्टीको नारा लगाउदै एक-अपसमा खुसियाली साटासाट गरेका छन्।



उक्त मैनबती कार्यक्रममा रास्वपा बाराका जिल्ला सभापति चन्दन कुमार स्वर्णकारको नेतृत्वमा जिल्ला सदस्य कृष्ण कुमार गुप्ता, प्रदेश सदस्य भुलेन्द्र कुशवाहा, बारा क्षेत्र ३ का सभापति भोला साह कानु, महागढिमाई नगरपालिकाका संयोजक बिक्रम प्रसाद यादव, जिल्ला भेलामा सभापतिका उम्मेदवार आदित्य मेहता, कलैया १२ का सभापति लालमुकेश ठाकुर लगायत राष्ट्रिय स्वतन्त्र पार्टी बाराका सदस्य शुभेच्छुक तथा शुभचिन्तकहरुको बाक्लो उपस्तिथि रहेको थियो।






Comments are closed, but trackbacks and pingbacks are open.