विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

१६ औं वार्षिकोत्सवको अवसरमा साउथ जोनमा रक्तदान, ५३ पोका रगत संकलन

सिम्रौन्गढ़ नपा psa

वीरगंज – वीरगंजस्थित साउथ जोन माध्यमिक विद्यालये १६ औं वार्षिकोत्सवको अवसरमा विद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १४ महिलासहित ५३ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्ने रक्तदाताहरुमा सम्झना चौधरी, सरिता झा, दिपा शर्मा, स्मिता सिलवाल, राजन दास, धीरज घिमिरे, सुनिल कपुर दास, कुनाल जयसवाल, विशाल पटेल लगायतका रहेका छन् ।

विद्यालयका प्रधानाध्याक सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति विरेन्द्रराज कँडेल र मन्त्री विनोद गिरी, प्याब्सन मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याक केसी, ठाकुुरराम बहुमुखी क्याम्पसका पूर्व प्रमुख तथा प्राध्यापक डा. उमेश चौरसिया, पत्रकार जगत राई, प्रणय साह लगायतको उपस्थिति रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कार्यक्रमका प्रमुख अतिथि रेडक्रस सभापति कँडेलले पहिलो रक्तदान गर्ने रक्तदातालाई रगल संकलन पर्ने पोका हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ भएको थियो ।

१६ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम आयोजना भएको र मंगलबार नै विद्यालयले अभिभावकहरुका लागि निशुल्क स्वास्थ्य जाँच शिविर पनि आयोजना गरेकको विद्यालय सहायक प्रधानाध्यापक अशोक संग्रौलाले जानकारी दिए । सो शिविरबाट ५० जना भन्दा बढी अभिभावक लाभान्वित भएको उनले बताए । शिविरमा चिकित्सक डा. वेदप्रकाश कुशवाहा र डा. सुशिल कुमार साहको सिफारिस अनुसार आवश्यक टेष्टहरु र औषधीसमेत विद्यालयले अभिभावकका लागि निशुल्क व्यवस्थापन गरेको संग्रौलाले बताए ।

यस्तै, वार्षिकोत्सव मनाउन आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत माघ १६ गते नर्सरीदेखि कक्षा २ सम्मको खेलकुद कार्यक्रम, माघ १७ गते सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण, माघ १८ गते नर्सरीदेखि कक्षा २ सम्मको सांस्कृतिक र पुरस्कार वितरण कार्यक्रम र माघ २० गते १६ औं वार्षिकोत्सव कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको विद्यालय सहायक प्रधानाध्यापक संग्रौलाले जानकारी दिए ।
बीरगन्ज महानगरपालिका वडा नं. १३ मा २०६६ साल स्थापित विद्यालयमा हाल करिब १८०० विद्यार्थी अध्ययनरत छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.