CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भेटघाट र सम्मानको तस्बिरले भ्रम फैलाइयो – उपाध्यक्ष चौधरी

फेटा GP PSA
4,695
सिम्रौन्गढ़ नपा psa
Karaiya Mai Notice Winter

काठमाडौँ ।

माजवादी युवा संघ मधेश प्रदेशका उपाध्यक्ष सरोज कुमार चौधरीले भेटघाटका क्रममा सम्मान गरिएको तस्बिरलाई गलत रूपमा प्रयोग गरी आफूले पार्टी परिवर्तन गरेको भन्ने भ्रम फैलाइएको बताएका छन्।

शुक्रबार अबेर राति जारी गरिएको विज्ञप्तिमा उनले भनेका छन्, “भेटघाटका क्रममा खिचिएको तस्बिरलाई गलत सन्दर्भमा प्रयोग गरी म जसपा नेपाल छोडेको भन्ने भ्रम फैलाइएको छ, जुन सत्य होइन।”

उनका अनुसार, बिहीबार जसपा नेपालबाट अलग भएका असन्तुष्ट नेताहरू रेणु यादव, प्रतिनिधि सभा सदस्य बिरेन्द्र प्रसाद महतो, र नेता अशोक यादवले आफूलाई भेट्न निम्त्याएका थिए। उनले स्पष्ट पारे कि उनी पूर्व शीर्ष नेताहरूसँग केवल भेटघाट गर्न गएका थिए, कुनै नयाँ पार्टीमा प्रवेश गर्ने मनसायले होइन।

चौधरीले थपे, “भेटघाटपछि खिचिएको सम्मानको तस्बिर सामाजिक सञ्जालमा प्रचार गर्दै असन्तुष्ट नेताहरूसँग मिलेर म नयाँ दलमा प्रवेश गरेको झूटो हल्ला फैलाइएको छ। यस्ता गैर-राजनीतिक गतिविधिहरूप्रति म गम्भीर आपत्ति जनाउँछु।”

यसका साथै उनले यस्ता भ्रामक समाचारहरूको खण्डन गर्दै भने, “यस्तो प्रचारले ती नेताहरूको बाँकी रहेको थोरै सम्मानसमेत गुमाएको छ।”

अन्त्यमा, उनले आफू अझै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र यसको भातृ संगठन समाजवादी युवा संघ नेपालमै रहेको स्पष्ट पारेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश