CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

१४ अञ्चल ७५ जिल्लामै देशका हरेक गतिविधि ठिक पार्न राजसंस्था पुनर्स्थापना : बस्नेत

फेटा GP PSA
5,687
सिम्रौन्गढ़ नपा psa

काठमांडौ ।

शिवसेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेतले देश धर्म राज संस्था पुनर्स्थापनाका लागि निरन्तर कट्टिबद्ध भएर आफ्नो संगठनको गतिविधि तिब्र पारेका छन्। शिवसेना नेपालको तर्फबाट देशमा उहाँले राज राजसंस्था प्रति नेपाली जनताको मनमनमा आवाज पुर्याउँदै १४ अञ्चल ७५ जिल्लामै देशका हरेक गतिविधि ठिक पार्न राजसंस्था पुनर्स्थापनाको विकल्प नरहेको माग र विचार जनजनमा प्रतिरोपन गर्ने कार्य गरिरहेका छन्। सर्वसाधारणको रगतमा राष्ट्रियता भरिएको छ, देश धर्म राज संस्था नेपाली जनताको मुटुरहेकोले सबैलाई एक जुट हुन नितान्त आवस्यक रहेको शिवसेनाका केन्द्रिय अध्यक्ष बस्नेतको धारणा रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

आज सम्पूर्ण नेपाली जनताले एक चोटि फेरि राज संस्था प्रती आस्था र विश्वासका साथ अगाडि बढ्न अध्यक्ष बस्नेतले आग्रह गर्नु भएको हो। किनकि राजसंस्था पुनर्स्थापनाका लागि महत्त्वपूर्ण भूमिका, योगदानको खाचो रहेको सम्पूर्ण राजसंस्था प्रेमी संघ संगठन लाई एकीकृत बनाउँदै राष्ट्रपति साथीहरू र राष्ट्रभरि संघसंस्था बलियो र दरिलो भए मात्र राज संस्था पूर्ण स्थापना गर्न सकिन्छ भन्दै विभिन्न गतिविधि तिब्र परेको अध्यक्ष बस्नेतले जनाएका छन्। जनजनमा भेटघाट कार्यक्रममा तीव्रता बढाइरहनु भएको र यो एक दिन साकार पनि हुन्छ भन्ने धारणा राखेका छन्। देशभन्दा ठूलो कोही हुँदैन, हाम्रो राष्ट्रिय झण्डा भन्दा अरु झन्डा कुनै हुँदैन त्यसैले सम्पूर्ण नेपाली जनता लाई राष्ट्रिय झण्डामै एकीकृत गराउँदै अबको आन्दोलनमा पार्टी भन्दा माथि उठेर देशको झण्डा हातमा लिएर निस्किएर आन्दोलन गरियो भने यो जित नेपाली जनताको हुनेछ भन्ने बस्नेतको विचार हो। यो विचारलाई सम्पूर्ण नेपाली जनता, संघसंस्थाले मानेर अघि सरे जित नेपाली जनताको विश्वास व्यक्त गरेका छन्। उक्त संगठनले १४ अञ्चल ७५ जिल्ला भरि नै रहेको र विगत १७ वर्षदेखि राजसंस्था बिना देश नरहने ठोकुवा गर्दै आएको बस्नेतले बताएका हुन्।

आज विदेशीका खेतालालाई देश हेर्न दिएको नतिजा नेपाली जनताले भोगिरहेका छन्। त्यसैले अब नेपाली जनता लाई दिएको नासो श्री ५ महाराज धिराज ज्ञानेन्द्र वीर विक्रम सरकार लाई सम्पूर्ण नेपाली जनता मिलेरै यो सरकारलाई फिर्ता गरी गणतन्त्र सदाको लागि बिदा गरौँ भन्ने धारणा राखेका हुन। अध्यक्ष बस्नेतले केही जिम्मेवार व्यक्तिहरु लाई मौखिकरुपमा निर्देशित गर्दै अगाडि बढिरहेको बताएका छन्। निर्देशन पाएका मध्ये केन्द्रिय सचिवालय तथा केन्द्रिय सदस्य राम चन्द्र भट्टराई , सुनिल खड्का, गगा चौधरी, मुना प्रसाद, पृथ्वी झा, जनक लाल साह, राजकिशोर साह, रन्जित चौधरी, हरेक जिल्ला बाट उरेन्द्र लामा, प्रेम साह, उमाशकर गुप्ता, नेहा गिरी, राजेश चौहान, खुशबु खातुन लगायतका रहेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश