CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जसपा नेपाल बाराका निर्वाचित पदाधिकारीले लिए सपथ, सपथग्रहण गर्दा केके कुरा बाचा गरे

फेटा GP PSA
4,850
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

नता समाजवादी पार्टी नेपालको सपथग्रहण कार्यक्रम सपथ लिएका छन्। बारा जिल्ला कार्य समितिले सहमतिमा कार्य समिति चयन गर्न नसकी चुनावी प्रक्रिया बाट निर्वाचनको माध्यमले निर्वाचित हुँदै शुक्रवार वैशाख २६ गते सपथ लिएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

आफू निर्वाचित भएको पदको जिम्मेवारी लिइरहेको यस महत्त्वपूर्ण घडीमा पार्टीको झण्डासामु उभिएर महान शहिदहरु लाई समझिदै प्रतिज्ञा गर्दछु कि म संघीय समाजवाद लाई पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा आत्मसात गर्ने छु । पार्टीको नीति, सिद्धान्त र उदेश्यलाई दृढताकासाथ अनुसरण गर्दै पार्टी विधान लाई इमान्दारिताका साथ पालना गर्ने छु । म नीजी वा व्यक्तिगत स्वार्थबाट माथि उठेर स्वच्छ एवम् नैतिक आचरणयुक्त जीवन विताउने छु । पार्टीको गोपनियता तथा एकता जोगाउदै सबैखाले शोषण, उत्पीडन र विभेदको अन्त्य गर्न सधै संघर्षरत रहने छु । स्वतन्त्र, समानता, सामाजिक न्याय र समाजबादका लागि लडिरहने छु । जनता समाजवादी पार्टी, नेपाल जिन्दाबाद। जिन्दाबाद । आदरणीय वीर सहिदहरु अमर रहून, अमर रहून भन्ने सपथ लिदै नारा समेत लगाइएको थियोे।

Karaiya Mai Notice Winter

निर्वाचन मण्डलका संयोजक विजय शंकर यादवको अध्यक्षता तथा पुर्व मुख्य मन्त्री लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यतामा सपथग्रहण कार्यक्रम गरिएको थियो। कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य रामकिशोर यादव, भरत खड्का, सुशील चौगाई, प्रयाग राय यादव, पुर्व माननीय रामबाबु यादव, पुर्व राज्य मन्त्री उषा यादव, बाचाराउत अहिर, संविधानसभा सदस्य आत्माराम साह, मधेश प्रदेश अध्यक्ष बालकिशोर यादव लगायत केन्द्र देखि स्थानीय नेतागण एवं निर्वाचित पदाधिकारीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा सबै बक्ताहरुले शुभकामना मन्तव्य राख्दै पार्टी लाई सुदृढ गर्दै पार्टी भित्र रहेको अन्तर द्वन्द लाई न्यूनीकरण गर्न तर्फ लाग्न लाई आग्रह गर्दै कार्यकाल सफलताको अग्रिम शुभकामना तथा कामना गरेका छन्। आउदो २०८४को चुनाव लाई लक्ष्यित गर्दै बारा जिल्लाको १६ औ स्थानीय तहलाई कसरी निर्वाचित गराउने बारे लक्ष्य साध्न लाई मिसन लिएको घोषणा गरेका छन्। राज्यले मधेशी जनता संग गरेका विभेद लाई कसरी अन्त्य गर्ने बारे समाजमा सम्पूर्ण जनता लाइ जागरुक गर्ने प्रति लक्ष्य राख्नु पर्ने कुराहरू जिकिर गरिएको थियोे।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश