विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न ।

सिम्रौन्गढ़ नपा psa
Share This

शैलेश गुप्ता २७ बैसाख पोखरिया

पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ९ स्थित रहेको भेद्राहामाई मन्दिरमा माटों पार्क निर्माणको लागी आज जन्मत पार्टीको पार्टी अध्यक्ष तथा माननीय सांसद डा० सि के राउतले मधेश प्रदेश सरकारको मुख्य मंत्री छत्तीस कुमार सिंह तथा पोखरिया नगरपालिकाको मेयर प्रद्युमन प्रसाद चौहानले एक कार्यक्रमका बिच सँयुक्त शिलान्यास गरेका हुन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले मधेश प्रदेशको सांस्कृतिक र ऐतिहासिक पहिचानलाई झल्काउने उद्देश्यले निर्माण गर्न लागिएको यो पार्कको लागि प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चार बिघा क्षेत्रफलमा फैलिने यो पार्क जनमत पार्टीको विशेष परियोजना हो, जहाँ मधेश प्रदेशका १३६ वटै स्थानीय तहबाट संकलित माटोलाई प्रदर्शनमा राखिनेछ । डा राउतले केही वर्षअघि गरेको ‘माटो यात्रा’ अभियानबाट संकलित माटोलाई यस पार्कमा स्थान दिइने डा। राउतले यो पार्क मधेशको एकता, पहिचान र गौरवको प्रतीक बन्ने विश्वास व्यक्त गरे। पार्क निर्माण पछि यसले पर्यटकीय आकर्षण बढाउने र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको बताए ।

 

माटो पार्क निर्माणको शिलन्यास कार्यक्रम पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानको अध्यक्षतामा भयको कार्यक्रमको प्रमुख अतिथि जन्मत पार्टीका पार्टी अध्यक्ष तथा माननीय सांसद डॉ सि के राउत, विशिष्ठ अतिथि मधेश प्रदेश सरकारको मुख्य मंत्री छतीश कुमार सिंह, वन तथा वातावरण मन्त्री त्रिभुवन साह ,उप प्रमुख रूबी कुमारी ठाकुर, पूर्व माननीय सांसद हरिनारायण प्रसाद रौनियार, वडा अध्यक्ष लक्ष्मण साह कानु , किशोरी साह तेली, नौशाद आलम, भगवान प्रसाद कुर्मी , प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सिंह नगर प्रहरी इंचार्ज दिनेश प्रसाद चौहान जिल्ला वन कार्यालय विरगन्ज पर्साका कर्मचारी लगाएत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

 

Share This
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश

Comments are closed, but trackbacks and pingbacks are open.