CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटमा पत्रकारको झुण्डिएर आत्महत्या, मेयरको धम्कीपछि डिप्रेशनमा परेको खुलासा

फेटा GP PSA
298
सिम्रौन्गढ़ नपा psa

 

रौतहट, साउन ४ । रौतहटको कटहरिया नगरपालिका–५ निवासी युवा पत्रकार रवीन्द्र प्रजापतिले झुण्डिएर आत्महत्या गरेका छन् । करिब ३० वर्षीय पत्रकार प्रजापति शनिबार बेलुका आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । पासो काटेर परिवारले उनलाई तत्काल अस्पताल पुर्‍याए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार प्रजापतिको शव पोस्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ । उनी गरुडा म्युजिकल एफएममा कार्यरत थिए र रेडियोमा समाचार लेखन तथा वाचन गर्थे ।

Karaiya Mai Notice Winter

स्थानीयका अनुसार प्रजापति लामो समयदेखि मानसिक तनावमा थिए । उनले कटहरिया नगरपालिकाको खानेपानी समस्याबारे समाचार लेखेपछि मेयर अजयप्रकाश जयसवालबाट सार्वजनिक रूपमा गालीगलौज र धम्की खेप्नुपरेको थियो । धम्कीपछि उनी निकै डिप्रेशनमा परेका थिए र डरले घर बाहिर निस्कन पनि छाडेका थिए ।

पत्रकार संगठन प्रेस चौतारी रौतहट शाखाले जेठ २९ गते नै मेयरको धम्कीको विरोधमा विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनसँग छानबिन र दोषीमाथि कारबाहीको माग गरेको थियो । प्रेस चौतारी रौतहटका अध्यक्ष अशोक पहाडीले घटनालाई गम्भीर रूपमा लिँदै पत्रकारमाथिको दुव्र्यवहार तत्काल रोक्नुपर्ने बताएका थिए ।

तर गरुडाका डिएसपी कार्कीले भने पत्रकारले आत्महत्या गर्नुको कारण मेयरको धम्की थियो भन्ने पुष्टि नभएको बताएका छन् । उनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश