विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विश्वव्यापी रुपमा तराई/मधेश लाइ चिनाउने अभियान ‘भिजिट मधेश’

सिम्रौन्गढ़ नपा psa

पर्सा ।।  तराई/मधेशको पहिचान विश्वव्यापी रुपमा डिजिटल प्लेटफर्म मार्फत चिनाउने अभियान स्वरुप अन्तर्राष्ट्रिय स्तरमा ‘भिजिट मधेश’ नामक संस्था सक्रिय भएको छ । अभियान अन्तर्गत बिभिन्न देशमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेका छन् । मधेशको पहिचानलाई विश्वव्यापीरुपमा प्रचार प्रसार गर्नका लागि वेबसाइट र मोबाइल एप समेत तयार गरिएको भिजिट मधेशका ग्लोबल संयोजक राज सर्राफले जानकारी दिएका छन्।

मधेशको पहिचान गराउदै पर्यटन प्रवर्द्धन गर्दै मधेशको अर्थतन्त्र बलियो बनाउने, रोजगारी सिर्जना गर्ने, तराई मधेशको २२ वटै जिल्ला जोड्दै सबै अभियान जारी रहेको सर्राफले बताएका छन् । यी सबै जिल्लामा रहेका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक र प्राकृतिक धरोहरहरुलाई उजागर गर्दै अभियान अगाडि बढिरहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यसका लागि केन्द्रीय, प्रादेशिक र प्रत्येक जिल्ला जिल्लामा टिमहरु गठन गरिएको छ । विश्वव्यापी रुममा अभियान अगाडि बढाउँदै करिब एक दर्जन देशहरुमा टिम गठन भएको र अन्य देशमा गठन प्रक्रिया अगाडि बढिरहेको संयोजक सर्राफले मधेशवाणीलाई बताएका हुन् । नेपालमा राष्ट्रिय संयोजकको रुपमा युवा नेता तथा सामाजिक अभियन्ता ओम प्रकाश सरार्फले नेतृत्व गरिरहेका छन् भने ग्लोबल कोर्डिनेटरको रुपमा अमेरिकाबाट राज सरार्फ नेतृत्व गरिरहेका छन् ।

पर्यटनसँग सम्बन्धित संघ संस्था एवं बहु तहको सरकारसंग समन्वय एवं सहकार्य गर्दै “भिजिट मधेश नेपाल २०२०“सफल गर्ने र अभियानलाई निरन्तरता दिइने उनले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed