विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बर्तमान सरकारले लाेकतन्त्र ,गणतन्त्र माथी एक प्रकारकाे` कु, गरिसक्याे

सिम्रौन्गढ़ नपा psa

काैशल निराैला
विराटनगर १४ जेठ ।
नेपाली कांग्रेसकाे केन्द्रीय तहमै जागरण अभियान अाबश्यक रहेकाे कांग्रेस कार्यकर्ताहरूले बताएका छन् ।१२ अाै गणतन्त्र दिवस समाराेह तथा राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्तरगत नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमिति द्वारा मंगलवार अायाेजित कार्यक्रममा सहभागीहरूले यस्तो धारणा ब्यक्त गरेका हुन् । कार्यक्रममा बाेल्ने अधिकांश कांग्रेस कार्यकर्ताले केन्द्रीय नेतृत्व सच्चिएर संगठन बिस्तारमा लाग्न सुझाव दिएका थिए ।
कार्यक्रममा उठेका सवाल जवाफ दिदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले बेथिति,अहंकार र घमण्डबाट कांग्रेसलाई निकाल्न अाबश्यक भएको बताए । जनभावना अनुरूपका एजेन्डा लिएर कांग्रेस अगाडि बढ्नुकाे बिकल्प नभएको बताए । कांग्रेसलाई खत्तम पार्नेगरी षड्यन्त्र भईरहेकाे र त्यसलाई चिनेर अगाडि बढ्ने बेला अाएकाे सिटौलाले बताए । बर्तमान सरकार लाेकतान्त्रिक मुल्यमान्यता बिपरितका काम गरिरहेकाले सचेत रहन र गलत कामका विरूद्द भिड्नका लागि तयार रहन निर्देशन दिए ।

Karaiya Mai Notice Winter

यस्तै कांग्रेस केन्द्रीय सदस्य डां शेखर काेईरालाले कांग्रेसले कुवेला जागरण अभियान ल्याएको बताए । कांग्रेसकाे १४ अाै महाधिवेशन सार्न जागरण अभियान ल्याएर अल्मलाउन खाेजेकाे डां काेईरालाले अाराेप लगाए । उनले कांग्रेसका मूख्य नेतृत्वको समेत अालाेचना गरे । पार्टीलाई एनजीओ र अाईएनजिअाे जस्तो बनाउने कुचेष्टा नगर्न समेत उनले चेतावनी दिए । कांग्रेसलाई पुनर्जागरण गर्न समयमै महाधिवेशन गर्नुपर्नेमा जाेड दिए ।
त्यसैगरी नेपाली कांग्रेस केन्द्रीय सदस्य डां डिला संग्राैलाले कांग्रेसको जागरण अभियानले उर्जा थप्ने दावी गरिन् । कांग्रेस भित्रकाे बैमनस्यता अन्त्य गर्न सवैले अा अाफ्ना ठाउवाट मम भन्ने बेला अाएकाे बताईन । यस्तै बर्तमान सरकारले लाेकतन्त्र ,गणतन्त्र माथी एक प्रकारकाे कु गरिसकेको बताईन । लाेकतान्त्रिक मूल्य मान्यता बिपरित बर्तमान सरकार चलिरहेको संग्राैलाकाे भनाइ थियाे । कांग्रेस महानगरका सभापति भीम पराजुलीकाे सभपतित्वमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य हसन अन्सारी ,महिला संघकी केन्द्रीय सदस्य गाेमा भट्टराई ,कांग्रेसका पुराना नेता अशाेक काेईराला ,कांग्रेस माेरङ सचिव नागेश काेईराला,माेदराज घिमिरे लगायतले अा अाफ्ना धारणा राखेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed