CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रेडियो नेपाललाई अनेकतामा एकताको सुत्राधार बन्न मुख्यमन्त्री राउतको सुझाव

फेटा GP PSA
1,570
सिम्रौन्गढ़ नपा psa

गणेश ठाकुर, जनकपुरधाम ।।  मुख्यमन्त्री लालबाबु राउतले रेडियो नेपाललाई अनेकतामा एकताको सुत्राधार बन्न सुझाव दिनु भएको छ । महोत्तरी बर्दीवासमा रेडियो नेपालको प्रदेश नं. २ प्रादेशिक प्रशारण सेवाको समुदघाटन समारोहलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले मुलुकलाई एउटै भाषा , एउटै भेषको मानसिकता बाट माथि उठाउन प्रादेशिक प्रशारण मार्फत स्थानीय भाषाहरुलाई प्राथमिकतामा राख्नु स्वागत योग्य रहेको बताउनु भयो ।

स्थानीय भाषामा प्रशारण गरिने समाचार, सूचना, मनोरंजन तथा सामग्रीहरुले सम्पूर्ण नेपालीहरुमा रेडियो नेपाल प्रतिको अपनत्व बढने उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले मैथिली , भोजपुरी , बज्जिका, मगहीका साथै हिन्दी थारु लगायतका भाषाहरुलाई समेत प्राथमिकतामा राख्न आग्रह गर्नु भयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

प्रादेशिक प्रशारणको शुभारम्भ पछि केन्द्रिय प्रशारणमा रहेको मैथिली, भोजपुरी लगायतका भाषाको प्रशारणलाई समेत निरन्तरता दिन मुख्यमन्त्री राउतले आग्रह गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथि संचार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले संघीयताका जननी प्रदेश २लाई संघीयताको सफलताको अगुवाई समेत गर्नु पर्ने उल्लेख गर्नु भयो ।

उहाँले भन्नु भयो,‘ संघीयताको मांग यसै भूमि बाट भएको हो, संघीयताको सफलताको लागि प्रदेश नं. २ ले चालिने कदम अन्य प्रदेशका साथै संघका लागि समेत मार्गदर्शक हुने छ । उहाँले सो अवसरमा सलहेश फुलवारीमा बैशाख १ गते मात्र फुल्ने सलहेश फुल(हारुनको फुल)को हुलाक टिकट प्रकाशन गरिने प्रतिबद्धता समेत जनाउनु भएको हो । कार्यक्रममा प्रदेश नं. २का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले रेडियो नेपाललाई सही सूचनाको आधार स्तम्भ बननु पर्ने बताउनु भयो । उहाँले प्रदेश नं. २ का सरकार पूर्ण संचारमैत्री रहेको उल्लेख गर्नु हुँदै संचारमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने प्रतिबद्धता समेत जनाउनु भयो ।  रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभाका सदस्यहरु, स्थानीय तहका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश