विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

इन्भेटिचर सेरोमनी जीवन ज्योती द्वारा सम्पन्न

सिम्रौन्गढ़ नपा psa

 प्रणय साह, जेष्ठ २० ।।  बीरगंजको रानीघाटमा अवस्थित जीवन ज्योती माध्यमिक बिद्यालयले आज एक समारोहका बीच इन्भेटिचर सेरोमनी (ब्याच बितरण) कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी बरख गण बीरगंजका सेनानी श्रजनबहादुर मल्लले पानसमा बत्तीबालि कार्यक्रमको बिधिवत रुपमा उदघाटन गर्नु भएको हो । बिद्यालयमा अध्यन्नरत कक्षा एक देखी १० सम्मका बिद्यार्थीहरु मध्ये छानिएका ६० जना क्याप्टेनहरुलाई ब्याच बितरण गरिएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कार्यक्रममा स्कुलकी संचालिका मिनाक्षी गुप्ता, डा. श्याम सुन्दर दास, इन्जिनियर मुन्ना सर्राफ, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, वडा नम्बर ९ वडा अध्यक्ष मनोज गुप्ता, फोटो पत्रकार महासंघका राम सर्राफ, नेपाल पत्रकार महासंघ पर्साका सदस्य प्रणय कुमारले उक्त बिद्यार्थीहरुलाई स्कुल क्याप्टेन, सहायक स्कुल क्याप्टेन, एकेडेमिक प्रिफेक्ट, डिसिप्लिन प्रिफेक्ट, हाउस क्याप्टेन र इंगलिस स्पिकि¨ सोसाईटीको ब्याच बितरण गर्नु भएको थियो ।

ब्याच बितरण गर्दै सेनानी श्रजनबहादुर मल्लले बिद्यार्थीहरु जुन क्षेत्रमा आवद्ध भएपनि भोलीका दिनको कर्नाधार रहेको बताउनु भयो । बिद्यार्थीहरुको भबिष्य स्वयम बिद्यार्थीहरुको हातमा रहेको हुनाले शिक्षकहरुले पढाएको कुरा राम्ररी सिख्नु पर्ने बताउनु भयो । जीवन ज्योती माध्यमिक बिद्यालयका प्रधानाध्यापक शिव प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा कक्षा ९ का छात्रा जया सर्राफले स्वागत भाषण गर्नु भएको थियो भने शिक्षक उजवल घिमिरे र शिक्षिका सुसिला भण्डारीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । हाल उक्त बिद्यालयमा १२ सयजना बिद्यार्थीहरु अध्ययनरत रहेको छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed