विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लोकसेवा आयोगले गरेको विज्ञापन खारेज गर्न माग

सिम्रौन्गढ़ नपा psa

विराटनगर । स्थानीय तहको लागि लोकसेवा आयोगले गरेको विज्ञापनलाई खारेज गर्न राष्ट्रिय विद्यार्थी संघ जिल्ला कार्य समिति मोरंगले माग गरेको छ ।
संघले प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय मोरंग मार्फत बुझाईएको ज्ञापन पत्रमा लोकसेवा आयोगले गरेका विज्ञापनलाई खारेज गरी संविधानले अवलम्वन गरेको समावेशी कोट्टा सहितको विज्ञापन गर्न माग गरेको छ ।
उक्त ज्ञापनपत्रमा भनिउको छ मधेशी, आदीवासी, जनजाती, दलित लगायतको लामो समयको संघर्ष, सयौंको बलिदानी र हजारौं घाईतेको प्रतिफल स्वरुप स्थापित भएको समानुपाति समावेशी प्रतिनिधित्वको अधिकारलाई एकै चोटी मर्म र भावना विपरीत लोकसेवा आयोगले निकालिएको विज्ञापनलाई खारेज गरी मधेशी, आदीवासी, जनजाति, दलित, महिला, अपाङ्ग र पिछडिएको क्षेत्रलाई सम्वोधन गर्ने गरी विज्ञापन गर्न अपील समेत गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter


लोकसेवा आयोगले निकालेको विज्ञापनलाई कर्मचारी समायोजन ऐन अनुसार विज्ञापन प्रत्येक स्थानीय तहको छुट्टा–छुट्टै मान्न सकिदैन । मुलुक संघियतमा गईसकेको वखत प्रदेशले गर्नुपर्ने विज्ञापन संघले गर्न मिल्दैन तसर्थ सो विज्ञापनलाई रोकी प्रदेश अन्तरगतका आयोगलाई समानुपातिक समावेशीको सिद्धान्तको मर्म अनुरुप हुने गरी विज्ञापनलाई सच्याउन एक हप्ताको अल्टिमेटम दिएको छ । 

सो अवधि भित्र विज्ञापन नसच्याए कडा आन्दोलनमा उत्रने भन्दै ज्ञापन पत्र बुझाईएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed