विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

किशोर किशोरी समुह्को क्षमता अभिवृद्धि तीन दिने तालिम सुरु

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।  किशोर किशोरी समुह्को क्षमता अभिवृद्धि तीन दिने तालिम सुरु भएकोछ । किशोर किशोरी हरुमा भएगरेका बिकृति विसंगतिको अन्त्यका लागि क्षमता अभिवृद्धि गर्ने तालिमको आयोजना गरिएको छ । बिभिन्न राजनीतिक, सामाजिक तथा लैंगिक असमानताका सिकार बालबालिका नै हुने गरेकोले किशोर किशोरी हरुलाई क्षमता अभिवृद्धि गरि समाजलाई राम्रो समाज र सुन्दर अनि सम्बृद्ध समाजको निर्माणका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम सुरु गरिएको आयोजक संस्थाले जानेको छ । बारा जिल्लाको बिभिन्न ठाउहरुमा तालिम दिएर एउटा संजाल नै तयार गरि सामाजिक क्षेत्रमा कार्य गरि रहेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

खास गरेर बालविवाहले गर्दा समाजमा निकै नराम्रो असर गरिरहेकोले त्यसको बारेमा तालिमको माध्यमम बाट बालविवाह अन्त्यका लागि क्षमता अभिवृद्धि तालिम बाराको करैया माइ गाउपालिका वाडा न. ७ उमजनका किशोर किशोरीहरुलाइ उमजनको श्री जनता मा.बि उमजन बारामा आज तालिम सुरु गरिएको छ ।  तालिममा २० जना कोशोर किशोरीहरुलाई सहभागी गराई तालिम सुरु गरिएको छ ।

Karaiya Mai Notice Winter

बालविवाह भनेको केहो, बाल बिवाह गर्दा के हुन्छ, त्यसका असरहरु केके हुन् भन्ने बारेमा जानकारी गराई बालविवाह निरुत्साहित गर्ने योजना रहेको हाम्रो प्रयासले जनाएको छ । समुहका किशोर कोशोरीहरुले समाजमा बिभिन्न कुराहरुको असमानता, भेदभाव आदिको अन्त्य गर्ने बारे छलफल गरि समाजमा भएगरेका समस्याहरु कसरि समाधान गर्ने सम्बन्धमा बृहत छलफल गरि समाधान गर्ने बारे निसकर्स निकालेका छन् ।

बाल बिवाहले गर्दा शारीरिक मानसिक एवं सामाजिक रुपले परिपक नभएकोले जीवनमा धेरै समस्या हुने गरेकोले किशोर किशोरी लाइ नै यसको बारेमा सचेत हुनु जरुरि रहेकोले उनीहरु लाइ लक्षित गरि तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक ओमप्रकास गिरीले जानकारी गराएका हुन्  ।

बाराको फेटा गौपलिका वाडा न. ३ फेटा, कलैया उप-महानगरपालिका वडा न. १८ मोतिसर, बरागढ़ी गाउपालिकाको बेलवा र बुद्धगाईमा किशिर किशोरी समुह गठन गरि कायक्रम संचालन भैरहेको आयोजक संस्थाले जनाएको छ ।

तालिममा हाम्रो प्रयासका संचारकर्मी प्रभु प्रसाद यादव, संदेश सुबेदी, बालअधिकारकर्मी दिपेश बिसुन्के, अक्सफाम का लालबाबु कुशवाहा आयोजक संस्थाका अध्यक्ष अन्जना बिसुन्केले प्रशिक्षण दिरहेको कार्यक्रम संयोजक गिरीले जनाए । कार्यक्रममा सामुदायिक सहजकर्ता आरती चौधरी र रिमा चौधरीले सहजीकारण गरिरहेका छिन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed