विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वडा अध्यक्ष अनिल राम ढिलो पुगेपछि योजना छनौट स्थगीत , अब मनपरी हुदैन स्थानीयबासीहरु

सिम्रौन्गढ़ नपा psa

 

Karaiya Mai Notice Winter

परवानीपुर,७ असार/
बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ लिपनीमालको वडास्तरीय योजना छनौट शनिबार स्थगीत भएको छ ।अगामी आर्थिक बर्ष २०७६÷०७७ का लागी वडास्तरीय योजना छनौटमा वडाअध्यक्ष अनिल राम ढिलो पुगेपछि स्थानीय आक्रोशित भएर स्थगीत गराएका हुन ।
योजना छनौट गर्नेका लागी बिहान १० बजेका लागी समय तोकिएको थियो ,तर वडा कार्यालयको फितलो व्यवस्थापन र वडाअध्यक्ष नै डेढ घण्टा ढिलो आएपछि स्थगीत गर्ने लगाईएको एकजना स्थानीयले बताए ।
उनले गाँउपालिकामा विकाश निर्माणको कार्यमा मनपरी गर्दे आएका थिए , अब अगामी दिनमा योजना छनौटमा मनोमानी गर्ने नदिने गरी योजना छनौट स्थगीत गराएर सचेत हुन जानकारी दिईएको बताए ।
विगत लामो समय देखि न्युन संख्याको सहभागीतामा योजना छनौट गर्ने चलन हाबि भएकाले अब त्यसको अन्त्य हुनेमा स्थानीयबासीले बिश्वास लिएका छन ।वडा स्तरीय योजनामा मनपरी गरे वडाको बिकाश नहुने भएकाले गाँउका सम्पुर्णलाई जानकारी दिएर योजना छनौटका लागी सोमबार ९ गते विज्ञान भवणमा समय तोकिएको वडा सचिव संतोष नेपालीले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed