CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उपाधि विराटनगरलाई

फेटा GP PSA
652
सिम्रौन्गढ़ नपा psa

बिराटनगर, संवाददाता
पहिलो संस्करणको उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले हात पारेको छ ।

हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको फाइनल खेलमा विराटनगरले बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै विराटनगरले रु पाँच लाख हात पार्दा उपविजेतामा चित्त बुझाएको बाह्रबिसेले रु तीन लाख प्राप्त ग¥यो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

खेलको निर्धारित समयसम्म १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । विराटनगरकको जीतमा रेखा पौडेल, इमा राई, विद्या राना र मनमाया लिम्बूले गोल गरिन् । यता बाह्रबिसेका लागि भने रुबिना पहरीले एक गोल गरिन् ।

त्यसअघि खेलको निर्धारित समयसम्म १–१ गोलको समाप्ती हँुदा विराटनगरका लागि जमुना मगरले गोल गरेकी थिइन् भने बाह्रबिसेका लागि सम्झना लावतीले गोल गरेकी थिइन् । प्रतियोगितामा विराटनगर महानगरपालिकाकी रेखा पौडेल सर्वोकृष्ट खेलाडी घोषित भइन् । उनले उपाधिसहित ट्रफी र रु २५ हजार हात पारिन् ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर विराटनगरकी कल्पना कार्की, डिफेण्डर बाह्रबिसेकी सरिता शेर्पा, मिडफिल्डर बाह्रबिसेकी रजनी श्रेष्ठ र स्ट्राइकर बाह्रबिसेकै पार्वती घले घोषित भइन् । उत्कृष्ट प्रशिक्षकको उपाधि भने विराटनगरका पारस चौधरीले पाए । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही रु दश हजार प्राप्त गरे । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को महिला समितिद्वारा आयोजित उक्त प्रतियोगितामा विभिन्न १८ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश