विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

‘सिरिन्ज’ आक्रमणकारीको बयान – रमाइलोका लागि ढलानको किलाले घोच्थे

सिम्रौन्गढ़ नपा psa

काठमाडौं । केही दिन यता राजधानी लगायतका क्षेत्रमा युवतीमाथि श्रृंखलाबद्ध रुपमा सिरिन्ज आक्रमण गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापस्थायी घर भई नैकाप बस्दै आएका ३० वर्षीय सन्तोष कार्की रह्का छन् ।

कार्की काठमाडौंको महाराजगन्ज (चक्रपथ) क्षेत्रमा फास्टफूड (खाजा) पसल सञ्चालन गर्छन् । दिनभर खाजा पसलमा ब्यस्त हुने सन्तोष साँझ फर्किँदा भने महिलामाथि आक्रमण गर्ने रहेछन् ।
उनलाई महाराजगञ्जको भाटभटेनी नजिकैबाट बिहिवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर कार्कीले सिरिन्जले आक्रमण नगरेको दावी गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

प्रहरीका अनुसार कार्कीले आनन्द लिनको लागि युवतीमाथि ढलान गर्ने किला प्रहार गर्ने गरेको बयान दिएका छन् । सिरिन्ज आक्रमणको अनुमान गरिए पनि कार्कीले सिरिन्ज नभएर ढलानको किलाले आक्रमण गरेको बयान दिएका हुन् । यसबारेमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।

केही दिनअघि काठमाण्डौका विभिन्न ठाउँमा पाँच जना युवतीले आफूमाथि धारिलो औजारको प्रयोगबाट आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed