विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रोट्रयाक्ट नेपालको ईतिहासमै पहिलो पटक डि आर आर अध्यक्षमा महिला

सिम्रौन्गढ़ नपा psa

रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्र्तगत रोट्रयाक्ट नेपालको डिष्ट्रिक्ट पदाधिकारी पदस्थापन एवम् पहिलो बैठक थेम्स ईन्टरनेशनल कॉलेज काठमाण्डौमा मंगलबार सम्पन्न भएको छ ।

डिष्ट्रिक्ट पदाधिकारीहरुलाई रोटरी ईन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान डिष्ट्रिक्ट रोट्रयाक्ट कमिटी चेयर दान बहादुर चन्दले पद तथा गोपनियताको सपथ खुवाएको डिष्ट्रिक्ट पब्लिक रिलेशनस अफिसर शृष्टि त्रिपाठीले जानकारी दिनुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

वर्ष २०१९०२० का लागि स्नेहा शाक्यको नेतृत्वमा नयाँ समिती चयन गरिएको छ  ।

पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रोट्रयाक्ट कमिटी चेयर दान बहादुर चन्दले रोट्रयाक्टले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै नयाँ कार्य समितीलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

पद तथा गोपनियताको सपथ लिँदै डिआरआर स्नेहा शाक्यले सबैको साथ र सहयोगबाट मात्र डिष्ट्रिक्टले सफलता प्राप्त गर्ने बताउँदै विगतका वर्षमा जस्तै सहयोग पाउनेमा आफु बिश्वस्त रहेको उल्लेख गर्नुभयो ।

Karaiya Mai Notice Winter

उहाँले सक्षमता र साझेदारी नारालाई बर्ष भरी नै मुख्य प्रथामिकतामा राखेर विभिन्न कार्यहरु गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पहिले हुँदै आएका कार्यहरुलाई निरन्तरता दिईने समेत उल्लेख गर्नुभयो । रोटरीयन बिष्णु कार्कीले बधाई तथा शुभकामना व्यक्त गर्दै सक्दो सहयोगका लागि आफै तत्पर रहेको बताउनुभयो ।

वर्ष २०१८०१९ का डिष्ट्रिक रोट्रयाक्ट रेप्रिजेन्टेटिभ सौगात गौतमले २०१९२० डिष्ट्रिक रोट्रयाक्ट रेप्रिजेन्टेटिभ स्नेहा शाक्यलाई पद हस्तान्तरण गर्दै एक वर्ष अवधीमा आफुले गरेका कार्यहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले आफ्नो कार्यकालमा निकै चुनौतीका साथ विभिन्न महत्वपुर्ण योजनालाई अघि सारेको बताउँदै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।  गौतमले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण रोटरी डिष्ट्रिक्ट पदाधिकारी, रोट्रयाक्ट डिष्ट्रिक्ट कमिटी र मुलकभर रहेका सम्पुर्ण क्लवका पदाधिकारी प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

पदस्थापन कार्यक्रम डिआरआर स्नेहा शाक्यको अध्यक्षता, रोट्रयाक्ट कमिटी चेयर दान बहादुर चन्दको प्रमुख आतिथ्यता तथा रोटरीयन बिष्णु हरि दाहालको विशिष्ठ आतिथ्तामा सम्पन्न भएको हो ।

सुमित बज्राचार्यको स्वागत तथा आशिब कर्मचार्यको संचालनमा कार्यक्रम भएको हो ।  डिष्ट्रिक्ट सेक्रेटरी अबिन तुलाधरको धन्यवाद ज्ञापनमा भएको कार्यक्रममा मायाको चिनो समेत प्रदान गरिएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed