विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पिछडा वर्गको क्षमता बिकासका लागि तालिम सुरु

सिम्रौन्गढ़ नपा psa

वीरगन्ज,२१ असार /
पर्साको सखुवा प्रसौनी गाउपालिकामा पिछडा वर्गको क्षमता बिकासका लागि आज देखि दुइ दिने तालिम सुरु भएको छ । सखुवा प्रसौनी गाउपालिकाको आर्थिक सहयोगमा क्रियटिभ सोसल डेभलपमेन्ट पर्साले आयोजना गरेको तालिमको उद्घाटन गाँउपालिकाका अध्यक्ष प्रदीप जयसवालले गर्नु भएको हो । तालिमको उद्घाटन गर्दै अध्यक्ष जैसवालले तालिममा सिकेका कुरा ब्यवहारमा लागु गर्र्न तालिममा सहभागीहरुलाई आग्रह गर्दै अब गाउँपालिका मार्फत सबै क्षेत्रका ब्यक्ति तथा समुदायलाई तालिममा सहभागी गराएर क्षमताको बिकास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो । तालिममा सहभागी वडा नम्बर ५ र ६ का ४० जनालाइ बिकास कुमार गुप्ताले प्रशिक्षण दिइरहनु भएको छ । क्रियटिभ सोसल डेभलपमेन्ट पर्साका अध्यक्ष मित्रदेव यादवको अध्यक्षतामा भएको तालिमको उदघाटन कार्यक्रममा वडा अध्यक्ष रामबालक महरा, वडा सदस्य र स्थानीयवासीको पनि उपस्थित रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed