विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

देशका जनताले नेता पाएन फटहा र दलाल मात्र पाए : चौधरी

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।  नेपाली जनता राणाकालमा जति शास्ती पाएँन त्यस भन्दा बढी खोक्रो राष्ट्रबादी संघीय लोकतान्त्रिक गणतन्त्रमा पाइरहेको थरुहट आन्दोलनका नेता लक्षुमन चौधरीले बताए । बाराको कलैयामा पत्रकार सम्मेलनमा संचारकर्मी संग कुरा गर्दै बताएका हुन् । हाम्रो नेपाल देशमा दलालहरुले नै आफ्नो सतता र बर्चस्व कसरी कायम रहन्छ भन्ने संकीर्ण निन्दनीय फोहरी सोचले ग्रसित भएर सुन्दर शान्त विशाल देशलाई धरापमा पारि ध्वस्त गरि गरिने चलखेल गरि रहेको चौधरीको भोगाई र बुझाइ रहेको छ ।

थारु र थरुहट आन्दोलन समिति बनाउन जिल्ला-जिल्लामा पुगी रहेको क्रममै बारामा यस्ता कुराहरु चौधरीले बताएका हुन् । टिकापुर घटनाको स्वरूप देखाउन र आन्दोलनको कार्यक्रम तयगर्ण भदौ ७,८ र ९ गते घटना स्थलमै बिद्रोह दिवस मनाउने तयारी भैरहेको चौधरीले जनाएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

२०७२ को संबिधान हामीले मानेका छैनौ , चौधरी, मुस्लिम, मधेशीहरुका अधिकार संबिधानमा उलेख नभएकोले जारि भएकै दिन असोज ३ गते कालो दिनका रुपमा दस्तावेज जलाउने कार्यक्रम रहेको चौधरीले जनाएका । मधेसी मुस्लिम र थारु सबै एक भएर अधिकारका लागि एक जुट भएर अगाडी बढ्ने चौधरीले आफ्ना बिचार व्यक्त गरेका थिए ।

Karaiya Mai Notice Winter

व्यक्ति मर्छ, छोडेर जान्छ तर मुद्दा कहिले पनि मर्दैन भन्दै संचारकर्मी हरुको प्रश्न को उतार दिदै चौधरीले भने देशका जनताले नेता नपाएर फटाहा, दलाल, नश्ल बादी, भ्रष्टाचारी मात्र पाएकोले आज हाम्रो देशको अवस्था दिनप्रति दिन क्स्म्जोर हुदै गैरहेको बताए ।

४२ महिना पछी कारागार बाट निस्केका चौधरीले टिकापुर घटनाको लाल प्रतिबेदन सार्वजनिक गर्न सरकार लाइ चुनौती दिएका हुन् । थरुहट आन्दोलन समाजबादी पार्टी तथा राजपा नेपाल संग समन्वय गरेर अगाडी बढ्ने चौधरीले जानकारी गराएका हुन् ।

थारु पत्रकार संघका रेणु चौधरीको अध्यक्षतामा गरिएको पत्रकार सम्मेलनमा कारागार जीवन बिताएका चुनिराम चौधरी, रामप्रसाद चौधरी लगायत कलैयामा आठ जनाको टोलि को सहभागिता रहेको थियो । हरेक जिल्लाहरुमा यस्तै कार्यक्रम गर्दा गर्दै ३५ जिल्लाहरुमा समिति बनाइ सकेको सिआइ एन नेपाल संग आज टेलिफोन बाट कुरा गर्दै बताएका हुन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed