विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मेयरले बिना कसुर गाली बेईजत गरि निकालेकोमा चित्त दुखेको भन्दै राजिनामा घोषणा

सिम्रौन्गढ़ नपा psa

उषा सरदार, बिराटनगर
इटहरी उपमहानगरपालिकाको मेयर द्वावारिकालाल चौधरीले बिना कुनै कसुर गाली बेइज्जत गरेकोले आफू निर्दोष रहेको भन्दै राजीनामा घोषणा गरेको हो।
सुन्सरी इटहरी उपमहानगरपालिका घर नक्शा फाट्मा कार्यरत इन्जिनियर राम बहादुर खड्काले आफू माथी आर्थिक लेनदेन गरि घर नक्शा पास गरेको आरोप बेबुनियाद रहेको बताउनु भयो। उहाँले आफुले कुनै किसिमको आर्थिक लेनदेन नगरेको बताउनु भयो।इमानदार भएर काम गर्दा पनि मेयरले भ्रष्ट कर्मचारी भनी कामबाट निकालेर आफुमाथी अन्याय गरेको आरोप लगाउनु भएको छ।मेयरले सर्बजनिक रुपमै आरोप लगाइ मानहानी गरेको भन्दै आफू निर्दोष रहेको कुरा आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।
इटहरी ९ मा चाणक पोखरेलको श्रीमती रिता पोखरेलको घरमा तल्ला थप गर्न घर नक्सा पास भएको मिति २०७५-०१-२५ मा लेन्देन गरिएको आरोप रहेकोमा म उक्त शाखामा २०७५-४-३ मा सरुवा भइ आएको हुदा मेरो कुनै सम्लगन्ता नरहेको बताउनु भयो। उहाँले उक्त कागजमा मेयरको नाता पर्ने घर नक्सा शाखाको सब इन्जिनियर मनोज चौधरीको हस्ताक्षर रहेको बताउनु भयो। उहाँले मेयरले नातेदारलाई जोगाउन म माथी झुठो आरोप लगइ मानहानी गरेको गुनासो गर्नु भयो।
साथै खड्काले सत्य तथ्य को छानबिनको माग समेत गरेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed