विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिरहामा पशु कार्यालय द्धारा अनुगमन

सिम्रौन्गढ़ नपा psa

रामनराण ठाकुर
सिरहा । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा संचालित मासु पसल, दुध डेरी उद्योग, बाख्रापालन र गाईपालन फर्म अन्य फर्मलाई अनुगमन गरिएको छ । मिर्चैया नगरपालिका अन्तर्गत रहेका पशु सेवा कार्यालयले आइतबार अनुगमन गर्दा मिर्चैयामा मासु पसलहरु बिना दर्ताको संचालनमा रहेको पाईएको छ । अनुगमनका क्रममा मासु पसलहरु मापदण्ड बिपरित संचालनमा रहेको र फोहोर देखिएकोले पहिलो पटक सचेत गराई छाडिएको पशु सेवा कार्यालय मिर्चैयाका प्रमुख नागेश्बर हाथीले बताए ।

मिर्चैयामा संचालित रहेका दुध डेरी उद्योग पुर्ण रुपले सफा नरहेको र दहीलाई गुलियो बनाउन स्वास्थ्यका लागि हानीकारण हुने केमिकल प्रयोग गर्ने गरेको देखिएकोले उक्त केमिकल जफत गरिएको अनुगमन टोलीका नेतृत्बकर्ता तथा मिर्चैैया नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडलले जानकारी दिए । मिर्चैयाको थाना चौक र बजार एरियामा संचालित डेरीबाट केमिकल जफत गरिएको मिर्चैैया नगरपालिकाका कर्मचारी खरिदार राजगिर यादबले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अनुगमनको क्रममा विना दर्ता मासु पसल सञ्चालन भएको, पसलमा फ्रिज नराखिएको, खुल्ला ठाउँमा राखेर मासु विक्री गर्ने गरेको, मासु विक्रेताको हातमा पञ्जा र मुखमा माक्स नभएको, मापदण्ड अनुसारको उपकरणको प्रयोग नभएको, सिसा नहुदाँ धुलो मासुमा पुगेको देखिएकोले पहिलो पटक सचेत गराई फेरी अनुगमनको क्रममा पाईयो भने कानुन बमोजिम कार्बाही गर्नेे मिर्चैैया नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडलले बताए ।

अनुगमन टोलीमा प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेल, पशु सेवा केन्द्र मिर्चैयाका प्रमुख नागेश्बर हाथी, प्राबिधिक जुगेश्वर साह, मिर्चैैया नगरपालिकाका कर्मचारी खरिदार राजगिर यादब, मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश सिंह, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रतिनिधि,संचारकर्मी लगायतका रहेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed