विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिना विकल्प घर नभत्काईदिन महानगरपालिकालाई सुकुम्बासीहरुको आग्रह

सिम्रौन्गढ़ नपा psa

उषा सरदार, बिराटनगर ।। बिराटनगर १ भट्टाचोकका सुकुम्बासीहरुले बिना विकल्प घर नभत्काइदिन महानगरपालिकालाई आग्रह गरेको छ। भट्टाचोक देखि पुर्व परोपकार जाने बाटोमा बस्दै आएका ७ घरपरिवारका सुकुम्बासीहरुले आज पत्रकार सम्मेलन गर्दै यस्तो आग्रह गरेको हो। महानगरपलिकालले परोपकारघाटको जग्गा अतिक्रम गर्दै बसिरहेको सुकुम्बासीहरुलाई एक साता भित्र घरटहरा खाली गराउन असार २३ गते पत्राचार गरेको हो।

Karaiya Mai Notice Winter

बिगत ४० वर्ष देखि बसोबास गर्दै आएको सुकुम्बासीहरुलाई बिना कुनै विकल्प वर्षाको बेला उठिबास गर्न लागेर ७ घरपरिवारको ६० जनालाई महानगरपलिकाले बिजोग गराउन लागि परेको गुनासो हसिना खातुनले गर्नुभयो। पत्रकार सम्मेलनमा बोल्दै पीडित फारुक सेखले सुकुम्बासी समस्या सामाधान आयोगले २०६३-१० -१२ मा परिचयपत्र प्रदान गर्दा पनि अहिले आएर घरटहरा खाली गराउने पत्राचार गरेर बर्षाको बेला बिना मुवाब्जा एस्तो पत्राचारले बालबच्चाको बिजोग बनाउन लागेको गुनासो पोखनु भयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सेखले सो ठाउँमा ८० घरपरिवार सुकुम्बासी बस्दै आई रहेकोेमा ७ मुस्लिम घरपरिवारलाई मात्र बिगत २ वर्ष देखि पटक पटक एस्तो पत्राचार गर्दै आई रहेको बताउनु भयो। उहाँले वडा कार्यालय र महानगरपलिका जादा हामी केही गर्न सक्दिन यो माथिको आदेश भनेर गैर जिम्मेवार जवाफ दिने गरेको आरोप लगाउनु भएको छ। सरकारले मुवाबजा दिएर हटाए हामी हट्न तयार रहेको सुकुम्बासीहरुले बताउनु भयो। उहाँहरूले सरकारले सुकुम्बासीहरुको समस्याको समाधान खोज्दै ब्यबस्थित गर्नु पर्ने माग समेत गरेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed