विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाढीले पूर्व पश्चिम राजमार्ग अवरुद्ध

तीन दिनदेखि लगातार पानी परेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

सिम्रौन्गढ़ नपा psa

रौतहट, असार २७ । चन्द्रपुर बागमति खण्डको लच्कामा बाढी आएकाले रातिदेखि नै राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा करिब ५ सय सवारी साधन रोकिएका छन्।

Karaiya Mai Notice Winter

रातिदेखि नै सवारी साधन आवतजावतमा समस्या भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कवित कटवालले जानकारी दिए।

राजमार्गको लच्कामा पानीको वहाव घटेको छैन। केही सवारी साधन बाढीमा पसेका थिए। प्रहरीले ती गाडी निकालेको छ। तीन दिनदेखिको वर्षाले रौतहट जिल्लाको जनजीवन प्रभावित हँुदै आएको छ।

जिल्लाका एक दर्जन बस्तिमा घरभित्र पानी पसेको छ। बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा, गौर, गढौ लगायतका बस्तीहरु डुवानको जोखिममा छन्। बागमती र लाल बकैया, चादी, लमाहा, झांझ नदीमा पानीको बहाव उच्च हुँदै गएको छ।

स्थानीय प्रशासनले नदी छेउका बासिन्दालाई बस्तिमा नदी पस्न सक्न संभावना भएकाले सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

नदीले बाँध कटान गरिरहेको छ। सवारी साधन डुब्ने स्थिति भएमा समयमा सुरक्षित स्थानमा लैजान, महत्वपूर्ण कागजात, पैसा पानीले नभिज्ने गरी राख्न, जीर्ण कच्ची घरमा नबस्न प्रशासनले आग्रह गरेको छ। उद्धारको आवश्यक्ता परेमा तत्कल प्रहरीको १०० नम्वरमा खबर खर्न आग्रह गरिएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed