विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

लालबकैया र बागमती नदीको बहाव बढ्दै सतर्क रहन जरुरी, रौतहटको छेउछाउको गाउँ डुवानमा

सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर, रौतहट।।

देशभरी लगतार तीन दिन देखि बर्षाका कारण रौतहटको अधिकांश गाउँहरु डुवानमा परेका छन्। लगातार तीन दिनको बर्षाले र देशभरी बर्षाका कारण नदीको बहाव बढेका छन्। लगबकैया र बागमती नदीको बिचमा रहेको रौतहट बढीको उच्च जोखिममा पर्ने सम्भावना भएको छ।

दुई नदीको बाँध भत्किदाँ रौतहटको दर्जनौं गाउँ डुवानमा परेका छन्।बकैया नदीको हरसाहा, भसेढवा, कटहरिया,तेजापाकड, लौकाहा, बन्जरहा लगायतका दर्जन गाउँ उच्च जोखिममा रहेका छन भने बागमती नदिको गढिमाइ लक्ष्मिपुर, मत्सरी, बडहर्वा, बसतपुर, ब्रहम्पुरी, हजरिया लगायतका गाउँ उच्च जोखिमा रहेका छन्।

Prasauni holi 2082
karaiya holi 2082

बाँध कटान भएको ठाउँमा पानीको बहाव रोक्ने प्रयास गरेता पनि पानीको बहाब तिब्र भएकोले प्रयास असफ्ल भएको कटहरीया नगरपालिकाका प्रमुख सियाराम कुशवाहाले जनाएको छ। दुई वर्ष अघि बागमती नदिमा आएको बाढिले सो ठाउँको बाँध भत्केको थियो सो बाँध अहिले सम्म बलियो नबनेको कारण फेरि बाँध भत्किएको स्थानीयहरुले जनाएको छ।

लगातार वर्षाले गर्दा लालबकैया बाग्मती र झाँझ नदीका पानीको कारण दर्जनौं गाँउहरु डुबानमा परेका छन । नदीको पानीको निकासको लागि अरु कुनै विकल्प न भएको कारण दर्जनौ गाँउ डुबानमा परेको स्थानियवासीहरु बताएका छन् ।

यता वर्षाको पानी जामेकोले गौरको छेउछाउमा पुरै डुबानमा परेका छन् भने उता नदीका पानीको बहाव बढ्दै जाँदा रौतहटको दक्षिणी भेग डुवानमा पर्ने सम्भावना बढी रहेको र सतर्कता अपनाउन जरुरी रहेका छन्। निकास सुरु भएकाछन भने लालबकैया र बाग्मती नदीको पानी सतह बढी नै रहेको स्थानीयहरुले जनाएका छन्।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed