विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

रौतहटको सदरमुकाम सहित दर्जनौं गाउँ डुवानमा । यस्तो बाढी कहिलै नअाएको स्थानीयको भनाई

सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर।रौतहट।अषाढ २८।

रौतहट जिल्लाको सदरमुकाम गौर सहित दर्जनौं गाउँ डुवानमा परेका छन।लगतार चार दिन देशभरी वर्षा हुँदा देशकै नदीहरुको खतराको सतह पार गरि विभिन्न ठाउँको पानी अाउँदा दुई नंबर प्रदेशको अधिकांश जिल्लाहरु डुवानमा परेका छन्।

चार दिनको लगातार बर्षाले गर्दा लालबकैया र बागमती नदीको बहाव तीब्र गतीमा हुदा दुवै नदीको बाँध भत्किएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सदरमुकाम भन्दा उत्तरी भेगमा अाएको बाढी अाफ्नो ठाउँ बनाउदै गौर तिर अाएका छन्।

Prasauni holi 2082
karaiya holi 2082

दुई साल पहिलै अाएको बाढीको छतिले स्थानीयहरु दु:ख नसेताएको ठाउँमा अर्को फेरि बिनाशकारी बाढी अाउँदा स्थानीयहरु भावुक भएका छन्। गत दुई बर्ष पहिला अाएको बाढीबाट बाढीपीडितहरु अाएको राहत मध्ये जनप्रतिनिधिले अा-अाफ्नो भोट बनाउन र चुनावी प्रचार प्रसार गर्न अाफ्नो ब्यक्तिलाई बितरण गरेको गुनासो अाएको थियो।

तर गत दुई बर्ष पहिला दुवै नदीको बाँध भत्किएको ठाउँमा स्थानीय जनप्रतिनिधिको अषाढे कामले गर्दा पुणह बाढीको चपेटमा परेका स्थानीय बासिन्दाले जनाएका छन्।गाउँ गाउँमा सिंहदरबार बनाउँदा बनाउँदै बाढी पहिरो अाउने ठाउँ बनाएको स्थानीयबासीले जनाएका छन्।

बाढीको त्रासले हजारौं घरपरिवार सुरक्षित ठाउँमा बिस्थापित भएका छन् भने कति पय ठाउँका शस्त्र प्रहरी गण र नेपाल प्रहरीका चौकी डुवानमा परेका छन्। बाढीले गर्दा रौतहटको समनपुर लक्ष्मीपुर, माधोपुर, गढीमाई, बस्तपुर, ब्रहम्पुरी, मुडबलवा, सरुअठा, मत्सरी, पिपरा, भलोहीया, राजपुर, बैरीया, बन्जरहा, सिसवा, लौकाहा, तेजापाकड, जयनगर, देवाही गोनाही, बडहर्वा, मौलापुर नरकटीया लगायतका गाउँहरु डुवानमा परेका छन् । भने शस्त्र प्रहरी, नेपाल प्रहरी नेपाली सेना रौतहट भरी नै परिचालन गरि डुवान भएको ठाउँमा उद्धार कार्यमा तीब्रता बढाएका छन्।

बाढीको पानी निरन्तर बढी रहदा र लगातार वर्षा भईरहदा तल्लो भेग भएका घरपरिवारहरु अा-अाफ्नो घर खालि गरिसकेका छन्।भने प्रती घण्टा ६ ईन्चको रफतारमा बाढीको सतह बढी रहेका छन। यदी रौतहटको कुनै क्षेत्रमा डुवान भईरहेको र कुनै ब्यक्ति बाढीको चपेटमा फसेको भएका तुरुन्तै प्रहरीको नि:शुल्क फोन नंबर १०० फोन गरि जानकारी गराउन जिल्ला प्रहरी कार्यालय रौतहटले अनुरोध गरेका छन्।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed