CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मिर्चैयामा बर्षाको कारण व्यापारीहरुलाई ठूलो क्षति

फेटा GP PSA
562
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा,असार ३० गते । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा केहि दिन देखि लगातार बर्षाको कारण व्यापारीहरुको ठूलो क्षति भएका छन । सिरहा जिल्लाको मिर्चैया अधिकांश पसलहरुको अगाडी पानी जमेको कारणले व्यापारीहरुलाई करोड भन्दा माथिको क्षति भएको छ । मिर्चैया उद्योग बाणिज्य संघ अध्यक्ष हरीशंकर साहले भने पानी निकासको उचित व्यवस्थापन गर्न नसक्दा बजार क्षेत्रमा रहेका पसलहरुमा पानी पसेको रहेको छ । साहका आनुसार गत वर्ष पनि बर्षाको कारण व्यापारीहरुलाई क्षति भएका थियो ।

मिर्चैयाको बिभिन्न चौकमा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । बर्षाले मिर्चैयाको केन्दुबिन्दु मानिने थाना चौक, बजार एरिया र कटारी चौक लगायतका स्थानहरुमा पानी जमेकाले आवतजावतमा सर्बसाधारणलाई समस्या भईरहेको मिर्चैया नगरपालिका वडा नं.६ का वडा अध्यक्ष देवकृष्णा साहले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मिर्चैयामा रहेको स्थानिय व्यबसायीहरुको पसलको अगाडी पानी जमेकोले थप सकस भएको छ भने मिर्चैयाको थाना चौक एरिया र बजार एरियाको अधिकांश घरमा पानी पसेको छ । वर्षाले मिर्चैयाका सडक तथा बाटोहरु जलमग्न र हिलाम्य भएको छ । मिर्चैया नगरपालिका अन्तर्गत रहेका जिर्ण एवं कच्ची सडक तथा गल्लीको सडकहरु पनि वर्षाले हिलाम्य भएको हो ।

सडकमा पानी जमेर हिलाम्य हुँदा पैदल हिँडडुल गर्न समेत कठिनाई भएको छ । पटक पटक यस्ता समस्याहरुले मिर्चैया नगरपालिकाबासी आजित भएपनि नगरापलिकाले समस्या समाधान गर्न खासै चासो देखाएको छैन् । पानीको उचित निकास नहुँदा सर्बसाधारणको घर–घरमा पानी पसेपनि नगरपालिकाले कुनै चासो नदिएको सङघीय समाजवादी फोरम नेपालका स्थानीय नेता प्रदिप कुमार साहले आरोप लगाए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश