विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाटो निर्माण गर्न खनेको खाल्टोमा डुबेर नवालाकको मृत्यु

सिम्रौन्गढ़ नपा psa

रौतहट, १ साउन  — रौतहट जिल्लाको कटहरिया नगरपालिका वड़ा नम्बर २ स्थित जमुनियामा बाटो निर्माण गर्न उपभोक्ता समितिले खनेको खाल्टोमा जमेको पानीमा डुबेर मंगलवार एक नवालाक बच्चाको मृत्यु भएको छ । जमुनिया देखि छेदी चौक सम्म नया निर्माण गरिएको सड़कको छेउमा रहेको खाल्टोमा डुवेर स्थानीय शेख रोज महमदको ३ वर्षीय छोरा शेख सफियान महमदको मृत्यु भएको हो ।

Karaiya Mai Notice Winter

खेल्ने क्रममा उक्त बालकको ज्यान गएको हो । घटनाको पुष्टि नगर उपप्रमुख नूर जहा खातूनको श्रीमान नसरुदीनले गरेको छ । उहाको अनुसार नगर स्तरीय योजनाबाट उपभोक्ता समिति मार्फत २०७६ आषाढ़ २ गते सड़कको निर्माण गरिएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जमुनिया निवासी मजरुल देवान अध्यक्ष रहेको उपभोक्ता समितिले बाटो निर्माण गर्ने क्रममा छेउमा माटो खनेकोले सो खाल्टो भएको थियो । नगर प्रमुख सियाराम प्रसाद कुशवाहाले समयमा खाल्टो पुर्ण नलगाएको कारण मानवीय क्षति भएको स्थानीयहरुले बताएको छ । उपभोक्ता समितिले क्षतिपूर्ति तिर्नु पर्ने स्थानियहरुले मांग गरेका छन । खाल्टो भने ४ फिट गहिरो र ४ फिट चौड़ा रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed