विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटमा शिर्ष नेताको हेलिकप्टरमै अनुगमन

सिम्रौन्गढ़ नपा psa

रौतहट ।।

रौतहटमा गत सनिवार अाएको बिनाशकारी बाढीले रौतहट पुरै पिडाले भरिएको ठाउँमा काठमाडौंबाट अाएको शिर्ष नेताहरुले १ घण्टामै अनुगमन गरि फर्किएका छन। पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता मा. माधवकुमार नेपाल उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, सिंचाईमन्त्री बर्षमान पुन, भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठ, कृषि राज्यमन्त्री रामकुमारी चौधरी सहितका अाएका नेतागणले ईन्द्र बकस गणबाटै बाढीपीडितको अनुगमन गरि काठमाडौं फर्केका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

गत २८ गते अाएको बिनाशकारी बाढीले सदरमुकाम सहित दर्जनौं गाउँहरुलाई अस्तब्यस्त बनाएका छन्। स्थानीय तहमा राहत बितरण हुँदा स्थानीय तहका जनप्रतिनिधिले जातीय पक्ष र अाफुलाई भोट दिएको ब्यक्तिलाई मात्र राहत दिएको बाढीपिडितहरुले जनाएका छन्।लालबकैया र बागमती नदीको बाँध कमजोर भएको कारणले नै रौतहट डुवानमा परेको स्थानीयहरुले जनाएको छ।

Karaiya Mai Notice Winter

०७४ साल साउन २८ गते अाएको बिनाशकारी बाढीको पीडा नसेलाए लगत्तै फेरी गत २८ गते अाएको बिनाशकारी बाढीले गर्दा दर्जनौं गाउँको घरहरु बगाएर लगेका छन्।०७४ मा अाएको बाढीमा १८ जनाको मृत्यु भएको थियो भने गत २८ गते अाएको बाढीमा ९ जनाको मृत्यु भएको र १ जना अझ बेपता रहेका छन्।

सरकारका शिर्ष नेताहरुको टोली काठमाडौंबाट हेलिकप्टरमा अाई ईन्द्र बक्स गणबाट नै फर्किदा स्थानीयहरु सरकार माथि नै आक्रोश भएका छन्। भने बाढीले गर्दा ७० हजार घर परिवारलाई छति पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed