विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लोकसेवा विज्ञापन विरुद्ध वीरगञ्जमा प्रदर्शन, भोली मन्त्री र आयोग प्रमुखको पुतला दहन गरिने

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, २ श्रावण – लोकसेवा विज्ञापन समानुपातिक समावेशी नभएको भन्दैै वीरगञ्जमा सचेत युवाहरुको एक समुहले आज वीरगञ्जमा प्रदर्शन गरेको छ । वीरगञ्जस्थित घण्टाघर चोकमा भएको प्रदर्शनमा लोकसेवा विज्ञापनको विरुद्धमा चर्को नाराबाजी सहित प्रदर्शन भएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

युवा नेता तथा समाजिक अभियन्ता ओमप्रकाश सर्राफको नेतृत्वमा भएको प्रदर्शनमा नेपाल आदिवासी जनजाती महासंघ प्रदेश नं २ का उपाध्यक्ष कमल पिठाकाटे मगर, विधार्थी नेताहरु बद्री तिवारी, निखील वर्णवाल, बालमिकी यादव, थारु अगुवा प्रकाश थारु, युवा समाजिक अभियन्ता कमल चौगाई, दलित अगुवा मनोज राम, मुस्लिम युवा नेता शेख मुन्ना, विधार्थी नेतृ राधा चौधरी, ज्योति साह लगायतका वक्ताहरुले प्रदर्शन पछि आयोजीत कोणसभालाई सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले लोकसेवाको विज्ञापन शोसित उत्पीडीत समुदायलाई राज्यको मुलधारबाट वञ्चीत गर्ने सुनुयोजित षड्यन्त्र रहेकोले अविलम्ब सच्याउन माग गरेका थिए ।विज्ञापन नसच्याए वीरगञ्जबाट अर्को जनआन्दोलनको बिगुल फुँक्ने उद्घोष गरे ।

आन्दोलन समितीले शुक्रबार बेलुका ५ बजे घण्टाघरमा संघीय मामिला मन्त्री लालबाबु पण्डित तथा लोकसेवा आयोग प्रमुख उमेश मैनालीको पुतला दहन गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक ओमप्रकाश सर्राफले बताएका छन् । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी हेमन्त तामांगले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed