विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लोकसेवा आयोगको विज्ञापन नसच्याए देश दुर्घटनामा जान सक्ने– विद्यार्थी नेता साह

सिम्रौन्गढ़ नपा psa

वीरगन्ज,३ साउन /

तत्कालिन अखिल ( कान्तिकारी ) का केन्द्रिय सदस्य,अनेरास्ववीयुका विद्यार्थी नेता शिवम साहले सरकारले निकालेको लोकसेवा आयोगको विज्ञापन सच्याउनुपर्ने बताएका छन । देशभरी समावेशीताको पक्षमा जनलहर उठिरहेको बेला सतारुढ दलकै विद्यार्थी नेताहरुले बिरोध गरेका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

संबिधान विपरीत रहेको विज्ञापन समय मै नसच्याए मुलक ठुलो दुर्घटनामा जान सक्ने सम्भावना रहेको साहले बताए । शतिmशाली दुई तिहाईको सरकार समयमै सचेत नभए चौतर्फी निराशा देखिने स्वाभाविक हुने साहको बुझाई छ ।लोकसेवा आयोगको विज्ञापनका सन्दर्भमा सतारुढ दलका नेताहरु नै विभाजित भएपनि सरकारका केहि पात्रहरु संबिधान विपरीत भएको आलोचना समेत गरीरहेका छन ।

समावेशीताको पक्ष वकालत गर्नेहरु पनि मन्त्री भएपछि यतिखेर बिरोधमा उभिएका छन । अगामी दिनमा सरकार विज्ञापन सच्याउने प्रति गम्भीर नभए सरकारको खुलेर बिरोध गर्ने चेतावनी दिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed