विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्वास्थ्य तथा परामर्श शिविर नेपाल राष्ट्रीय नमूना माध्यमिक विधालय बकुलिया-५ मा

सिम्रौन्गढ़ नपा psa

बीरगंज ।।

हेल्प युवा क्लब जितपुर सिमरा तथा नारायणी बयोधा अस्पताल बीरगंजको संयुक्त आयोजनामा स्वास्थ्य तथा परामर्श शिविर नेपाल राष्ट्रीय नमूना माध्यमिक विधालय बकुलिया-५ मा सम्पन्न भएको छ। बयोधा अस्पतालका वरिष्ठ विशेषज्ञ डाक्टर हरुको टोली द्वारा बाल रोग,जेनरल स्वास्थ्य, हाड़जोर्नी, फिजियोथेरेपी तथा अन्य सेवा दिएका हेल्प युवा क्लबका अध्यक्ष फ़ैयाजुल हक़ अंसारीले जानकारी गराउनु भयो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

केहि दिन आगाडी गएको बिषण बर्षा र बढ़ी को कारण प्रायः मानिस हरु ज्वरो टाइफाइड तथा झाडापखालाले ग्रसित हुने गरेकोले शिविरको आवश्यकता रहेको बयोधा अस्पताल का डॉक्टर हरुको भनाइ थियो। यस शिविर मा डॉ. श्रद्धा पन्त बाल रोग विशेषज्ञ, डॉ. नवीन प. यादव,डॉ. सचिन यादव,डॉ. गौरव पौडेल,जेनेरल फिजिशियन, डॉ. शिखर दाहाल,डाईटीसीयन आदि डाक्टर हरुको टीमद्वारा गरीब तथा विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।

Karaiya Mai Notice Winter

जसमा रगत तथा सुगर जाँच पनि निःशुल्क सेवा उपलब्ध गराएको यस अस्पतालका मार्केटिंग हेडका इमामुल हक र कृष्णा साहले जानकारी गराउनु भयो।शिविर मा करीब ५३० जनाले आफ्नो स्वास्थ्य जांच गराई लाभान्वित भएको क्लब का संयोजक दीपेन्द्र यादवले जानकारी गराउनु भएको थियो। कार्यक्रम इलाका प्रहरी कार्यालय जितपुर-७ बारा तथा स्थानीय को सहयोगमा सम्पन्न भएको थियो ।

कार्यक्रम मा क्लबका सन्तोष झा,बिकाश गुप्ता,अयुब आलम,गणेश गुप्ता,राजू चौधरी, सुभाष रौनियार, अम्बर सहनी, मोती आलम,सलीम, रोशन,सरोज लगायत सदस्यहरुको उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed