विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

धनुषाको धनौजि गाउपालिकाका बाढी पिडितलाई राहत बितरण

सिम्रौन्गढ़ नपा psa

धनुषा ।।

धनुषाको धनौजी गाउपालिका वडा न. ३, ४ र ५ का बाढी पिडितहरुलाई बिपत ब्यबस्थापन समिति धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषाको संयोजन तथा क्लोथ बैंक धनुषाको सहकार्यमा राहत उपलब्ध गराइएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

राहत बितरण गर्न जाँदा धनौजी गाउपालिका वडा न. ४ स्थित माईस्थान मंदिर नजिकको पुल भत्कीएकोले सो भन्दा अगाड़ी जान अबस्था नभएपछि धनौजी गाउपालिकाका उपाध्यक्ष रामबती मंडललाई त्रिपाल, कम्बल, झूल, चामल, दाल, दालमोठ, चिउरा, बिस्कुट, लाइटर, मैनबत्ति, चाउचाउ, लगायतका राहत सामग्री उपलब्ध गराइएको हो ।

उक्त राहत जिल्ला प्रशासन कार्यालयको नायब सुब्बा, श्याम, क्लोथ बैंक धनुषाका सदस्य तथा युवा सरसफाई अभियाणी दिपक कुमार चौधरी, महिला सरसफाई अभियाणी तथा क्लोथ बैंकका कोषाध्यक्ष रूबी झा, सरसफाई अभियाणी दिबाकर झा लगायतको उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed