विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

घुस नदिएको निहुँमा कार्यकारी अधिकृत सन्देश यादव द्धारा उपभोक्ता माथि उजुरी

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज, श्रावण ०६ ।।
पर्साको सखुवा पर्सौनी गाउपालिका कार्यकारी अधिकृत सन्देश यादवले घुसको विरोध गरेकोमा उल्टै आम उपभोक्ता र वडाध्यक्ष माथि आज उजुरी गरेका छन् ।
सखुवा पसौनी गाउँपालिका वडा नम्बर ६ मा भएको नाला निर्माण तथा ग्रेबल रोडको कार्यसम्पन्न भएको २ महिना बितिसक्दा समेत अधिकृत यादवले आल टाल गर्दै २ महिना देखि निकासा नगरेको तथा दिनहुँ कार्यालयमा बोलाई भेट नगरेको र फोन लगाउँदा फोन समेत रिसिभ नगरी आफुहरुलाई दुःख दिंदै आएको उपभोक्ता समिति अध्यक्ष तथा गाउँबासीहरु बताएका छन् ।

सुरु सुरुमा केही खर्च बर्च गर्नुस सबै भईहाल्छ भन्दै कार्यकारी अधिकृत यादवले आफै घुस देलान भन्ने मनसायले दिनहुँ गाउँपालिका दौडाएको र डकुमेण्ट नमिलेको भन्दै आलटाल गर्दै आउँदा सबै डकुमेण्ट पुरा भएपछि कार्यकारी अधिकृत यादव भेटघाट गर्नै छोडेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

४ दिन सम्म दिनहुँ विहानै देखि बेलुका सम्म कार्यालयमा गएर प्रतिक्षा गर्दा चौथो दिन भेट भएपछि ५ लाख रुपैयाँ घुस नदिए कुनै हालत मा एक सुक्का पनि निकासा नदिने र पर्सा जिल्लाका ठूला ठूला डाँन हरु आफ्नो नातामा पर्ने भएकोले कसैले मेरो केही विगार्न नसक्ने भनेर धम्की दिँदै गाडी मा बसेर भाग्न खोजेका अधिकृत सन्देश यादव को गाडी पछाडी बाट रोक्नु रोक्नुस भनेर बोलाएपछि जिल्ला प्रशासन कार्यालयमा आएर उल्टै आफुहरु माथि उजुरी गरेको वडाध्यक्ष लालबहादुर यादवले बताउनुभयो ।

यता स्थानिय निकायको यस्तो रवैया प्रति वडा अन्तर्गतका सर्वसाधारणहरु आक्रोसित भएका छन् । आफुहरुको राम्रो कार्यलाई सपोट गर्नुपर्ने ठाउँमा झन अप्ठ्यारो गर्ने र दुख दिने कार्य गरेको तथा यसको बावजुदपनि प्रशासनले भ्रष्टाचारीकै समर्थन गरे आफुहरु गाउँपालिका का सम्पुर्ण कर्मचारीहरुलाई कार्यालयमा नै थुनेर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed