विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गौरमा कतै सडक त कतै नालाको समस्या

गौरमा कतै सडक त कतै नालाको समस्या

सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर।रौतहट।साउन ०८।

रौतहट जिल्लाको गौर नगरपालिकामा कतै सडक त कतै नालाको समस्याले स्थानीयहरुलाई अावत जावतमा समस्या भईरहेका छन्। सधन सहरी बिकाश केन्द्रको अायोजनामा अाश्रय निर्माण सेवाले ठाउँ ठाउँमा बनाई रहेको सडक र नाला अहिले बर्षायाममा हिलैहिलो भएको हुँदा स्थानीयबासिन्दा आक्रोशित भएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अाश्रय निर्माण कम्पनीले सदरमुकाममा बर्षायाम भन्दा पहिलानै कति पय ठाउँमा भत्काएको सडकमा ग्रेभल नगरेको हुँदा स्थानीयहरु हिलोमै चल्न बाध्य भएका छन्। गौर नगरपालिका वडा नंबर २ मा रहेको श्री जुद्ध उच्च माध्यमिक बिधालय जाने बाटो र वडा नंबर ५ बालमन्दिरको पछाडि पट्टि रहेको सडक हिलै हिलोले भरिएको हुँदा अावत जावत गर्ने ब्यक्तिहरुको हाथ खुट्टा भाच्ने डर स्थानीयहरु त्रासित बनेका छन्।

बर्षायामको बेला सो ठाउँहरुको जेसिबीले बाटो खनि माटो पुर्दा बर्षायामको बेला हिलैहिलोले भरिएका छन्। बर्षौं पछि स्थानीय तहमा जनप्रतिनिधि हुँदा पनि बाटोको समस्या पोखि रहेको स्थानीयहरुले जनाएका छन्।

भने कति पय ठाउँको नालाको पानीको निकासी नहुँदा बाटोमै नालाको पानी जमेपछि विभिन्न रोग फैल्नेको साथ-साथै सर्प टोक्ने डर बढी रहेको स्थानीयहरुले जनाएका छन्। समयमै जनप्रतिनिधिको ध्यानाकर्षण नहुँदा यस्तो समस्या भोगिरहेको स्थानीयले जनाएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed