विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सिम्रौन्गढ़ नपा psa
धनुषा : गणेशमान चारनाथ नगरपालिका २ वीरेन्द्र बजारस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । पोखरीमा पौडी खेल्ने बेलामा बुधबार दिउँसो दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । स्थानीय सविन मगरका १२ वर्षीय छोरा आदित्य र हरिबहादुर मगरका ११ वर्षीय छोरा अकाशको पानीमा डुबेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए । घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा दुवै बालक गहिरो ठाउँमा पुगेर डुबेका थिए । पानीमा डुबेर अचेत अवस्थामा भेटिएका ती बालकको जनकपुर अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed