विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

निर्मलाको न्यायका लागि वीरगंजमा हस्ताक्षर संकलन र मानव साङ्लो निर्माण

सिम्रौन्गढ़ नपा psa

वीरगंज, श्रावण १० 

निर्मला पन्त हत्या भएको आज एक वर्ष पुरा भएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगिसक्दासमेत अभियुक्त पत्ता नलागाएको भन्दै वीरगंजमा शुक्रबार प्रदर्शन गरिएको छ । वीरगंजको घण्टाघरमा स्थानिया युवाहरुले हस्ताक्षर संकलन गर्नका साथ् मानव साङ्लो बनाएर साङ्केतिक विरोध जनाएका हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

वीरगंजका स्थानीय, विद्यार्थी र अन्य संघ संस्थाबाट आबद्ध युवाहरुले मिलेर हस्ताक्षण संकलन र मानव साङ्लो निर्माण गरेका हुन् । निर्मला पन्तको घट्ना भएको शुक्रबार एक वर्ष पुरा भए तापनि प्रहरी र प्रशासनले अहिले सम्म हत्यारालाई पता लगाउन सकेको छैन ।

प्रहरी प्रशासन र सरकारलाई दवाव दिन र निर्मलाको परिवारलाई हामी साथ छौं भन्ने सन्देश दिन मानव साङ्लो निर्माण गरिएको स्थानिया महिला अभियान्ता डा. शुष्मा तिवारी द्विवेदीले भनिन । ‘एउटा अबोध बालिकाको बलात्कार गरि निर्मम रुपले हत्या गरिएको छ, उनले भनिन, ‘आज घटना भएको एक वर्ष पुरा भयो तरपनि प्रहरी, प्रशासन र सरकारले हत्यारा बारे कुनै जानकारी हात पार्न सकेको छैन, यो लज्जाजनक कुरा हो ।’

स्थानिया युवक रोशन शर्माले बलात्कार जस्तो घट्नामा समेत सरकार संबेदनशिल नभएको आरोप लागाए । ‘बलात्कार भएको आज एक वर्ष भयो, शर्माले भने, ‘गृहमन्त्रि देखि प्रधानमन्त्रि समेतले यस्तो संबेदनशिल घट्नामा आपत्तिजनक टिप्पणीहरु गरेर हिडेका छन्, न्यायको कुरा परै जाओस अहिलेको सरकारले यो घटनालाई गम्भीररुपले समेत हेरेको छैन ।’

सहभागीहरुले निर्मलाको हत्या भएको एक वर्ष पुगेको झल्को दिन मानव साङ्लोमार्फत ३ सय ६५ बनाएर केहिबेर प्रदर्शन गरेका थिए । मानव साङ्लो निर्माणमा सहभागीहरुले प्ले कार्ड मार्फत ‘जस्टिस फर निर्मला’ भन्ने नारा समेत बनाएका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed