विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कुटपिट घटनाका आरोपित विरूद्ध उजुरी

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।

देवताल गाउँपालिका-१ कटहरीया गाउँका ७५ वर्षीय मदन हजरा दुसाद र उनकी पत्नी रम्भा देवीलाई साउन ५ गते बेलुका कुटपिट गरेको भन्दै पीडित पक्षले सोही गाउँका ५० वर्षीय रामनिवास पटेल, ४५ वर्षीय रामबाबु प्रसाद कुर्मी, ४० वर्षीय कपिल पटेल, ३० वर्षीय शर्मा पटेल, २६ वर्षीय राजकुमार पटेल, २१ वर्षीय सन्तोष पटेल र १८ वर्षीय जयराम पटेलविरूद्ध जिल्ला प्रहरी कार्यालय बारामा साउन ७ गते उजुरी दिएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

साउन ५ गते बिहान रामबाबुप्रसाद कुर्मी र उनकी पत्नीले पीडित मदन हजरा दुसादको घरमा आई खेतमा धान रोप्न बोलाएका थिए ।

Karaiya Mai Notice Winter

पीडित मदनले सञ्चो नभएको भन्दै आउन नसक्ने बताएपछि आरोपितले जुनसुकै हालतमा पनि रोपाइँमा आउन भनेका थिए ।

पीडित काम गर्न नआएको भन्दै आरोपितहरूले सोही दिन बेलुका मदनको घरमा आई जथाभावी गालीगलौज गर्दै हत्या गरेर फाल्ने भनी मुक्का, बाँसको लौरो र रडले कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।

कुटपिटका कारण घाइते भएका पीडितद्वयको प्राथमिक उपचार कलैया अस्पतालमा भएको र थप उपचार वीरगंजस्थित गण्डक अस्पतालमा भइरहेको छ ।

देवापुर प्रहरी चौकीका असई गजेन्द्र चौधरीले घाइतेको उपचार भएर फर्केपछि दुवै पक्षबिच छलफल राखिने बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed