विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

११ महिला सहित १०३ जना द्वारा रक्तदान

सिम्रौन्गढ़ नपा psa

बीरगंज, साउन ११ —  छपकैया गुठी तथा सामुदायिक सेवा केन्द्र छपकैयाको सयुक्त आयोनजमा शनिवार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

छपकैया गुठीका अध्यक्ष धिरज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिँह राठौर, सामुदायिक सेवा केन्द्र छपकैया (२ का अध्यक्ष ग्यासुदिन ठकुराई, वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक, सचिव प्रबिण शाह, कोषाध्यक्ष प्रेमा कुमारी सिंह, नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा, वडा प्रहरी कार्यालय बिर्ता का प्रहरी निरीक्षक निर्मल पनेरु, छपकैया गुठीका उपाध्यक्ष राजेश राणा लगायतकाको सभागिता रहेको थियो ।
कार्यक्रममा ११ जना महिला सहित १ सय ३ जनाले रक्तदान गरेको रक्तसन्चार केनद्र बीरगंजका प्रमुख सौरभराज पाण्डेले जानकारी दिनुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कार्यक्रममा अम्बिका भट्टराई, अस्मिता हमाल, मिरा हमाल, पुस्पा शाह ठकुरी, सुशिला देबि सुबेदि, रन्जिता श्रेष्ठ, निशा भट्ट, अन्सु शाही, छपकैया गुठीका अध्यक्ष धिरज शर्मा, सचिव अजित भुजेल, सदस्यहरु प्रकाश शाह, सुनिल सुवेदी, कृष्ण कार्की, सम्भु थापा, अजय खडका लगायतले रक्तदान गरेका थिए ।

कार्यक्रमको सन्चालन छपकैया गुठीका सचिव एवं सामुदायिक सेवा केन्द्र छपकैया २ का सदस्य अजित भुजेलले गर्नु भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed