विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जन्मदिनको अवसरमा समाजवादी पार्टि नेपाल प्रदेश सदस्य विष्णु साहले गरे बृक्षारोपण

सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा, सिरहा,श्रावण १३ गते ।

समाजवादी पार्टि नेपाल प्रदेश नं. २ प्रदेश सदस्य र सिरहा जिल्लाका सह–ईन्चार्ज विष्णु साहको आज जन्मदिनको अवसरमा बृक्षारोपण गरेका छन । सिरहा जिल्ला मिर्चैया नगरपालीका ५ स्थित मोहन माध्यमिक विद्यालयको प्रागंनमा फुलको बिरूवा रोपेर जन्मदिन मनाएका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

हरियाली बचाउने सरकारको ठोस पहल कद्मी नभएकाले आफुहरु मिलेर हराभरा शहर बनाउनका लागि वृक्षारोपण गरिएको साहले बताए । जन्मदिन केक काटेर मनाउनुभन्दा सो रकमले विरुवा किनेर रोप्दा समाजनै हरियाली हुने साहको तर्क छ । बृक्षारोपणमा सोही विधालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा समाजवादी पार्टि नेपालका नेता अयज कुमार यादब, दिप नरायण यादव, मोहन माध्यमिक विद्यालयका प्रमूख अशोक यादव,स्थानीय नविन कुमार साह, स्थानीय समाजसेवी अभरेन्द्र कुमार यादब लगायत युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed