CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आ.ब.०७६÷०७७ को बजेट रु ६० करोड ५९ लाखको पर्सागढीको निति तथा कार्यक्रम सार्वजनिक 

फेटा GP PSA
616
सिम्रौन्गढ़ नपा psa

बीरगंज, १५ साउन ।।

पर्सागढी नगरपालिकाले आ.ब. २०७६÷०७७ को बजेट, निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले नगर सभाद्वारा बिनियोजित रु ६० करोड ५९ लाख २८ हजार बराबरको बजेट, निति तथा कार्यक्रम बुधबार एक समारोहको आयोजना गरी सार्वजनिक गरेको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नगरपालिकाको सभा हलमा भएको सार्वजनिकरण समारोहमा मेयर लोकनारायण यादवले संघ सरकारको शसर्त अनुदान १३ करोड ६८ लाख, प्रदेश सरकारको सर्शत अनुदान एक करोड, विशेष अनुदान ३० लाख, समपुरक अनुदान ४० लाख, सामाजिक सुरक्षा कार्यक्रम ७ करोड, युनिसेफबाट ४८ लाख ७४ हजार, बहुक्षेत्रिय पोषण कार्यक्रम १५ लाख ७० हजार, सडकबोर्ड सर्शत अनुदान ४३ लाख, संसदीय विकास कार्यक्रम एक करोड ५० लाख, भौतिक पूर्वधार विकास १५ करोड ८६ लाख लाख ५० हजार, आर्थिक बिकास ३ करोड ५७ लाख, प्रशासनिक खर्च ८ करोड १८ लाख ३४ हजार, गत बर्षका वाकी योजनाहरु ८ करोड गरी कुल ६० करोड ५९ लाख २ड हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरे ।

Karaiya Mai Notice Winter

बजेट प्रस्तुत गर्दै मेयर यादवले नगरपालिकाले यस बर्ष संघियताको कार्यन्वयन र स्थानिय सरकारको प्रत्याभुति, रोजगारीको अवसरमा वृद्धि, सडक संजालको विस्तार तथा स्तर वृद्धि, शिक्षा, स्वास्थ्य, खानेपानीमा बिशेष लगानी, आन्तरिक तथा धार्मिक पर्यटनको बिकास प्रवद्र्धन, औधिक क्षेत्रमा लगानी गर्न वातावरण निर्माण गरिने, पर्सागढी नगर वासीका आवश्यकता, चाहना र भावनालाई केन्द्र बिन्दुमा राख्दै नगरपालिकाको निति, कार्यक्रमहरुलाई व्यस्थित एवं मर्यादित रुपमा अगाडी बढाउने प्राथमिकता लिएको वताए ।

उनले उज्याले नगर, राष्ट्रिपति चुरे संरक्षण, युनिसेफ नेपालको एकिकृत कार्यक्रम, सामी परियोजना, कृषी अनुदान, स्वरोजगार मुखी क्रियाकलाप संचालन, बाल मैत्री स्थानिय शासन, बहुक्षेत्रिय पोषण योजना लगायतका बजेटको मुख्य कार्यक्रम परियोजनाहरु रहेको जनकारी गराए ।

नगरपालिकाको वडा नं. ८ स्थित सभाहलमा भएको सार्वजनिककरण समारोहमा उप मेयर अर्चना चौधरी, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद चापागाई, वडाध्यक्षहरु, नगर सभा सदस्यहरु लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण समाजिक बिकास शाखा प्रमुख प्रदिप चौरसियाले गरेका थिए ।

समारोहमा गत बर्षमा सम्पन्न मुख्य भौतिक, समाजिक तथा विकास क्रियाकलापको बारेमा समेत जानकारी गराइएको थियो । ‘पर्सागढीको शान सुन्दर शान्त र समृद्ध तथा स्वच्छ सफा हराभरा शुसासित नगरपालिका हाम्रो अभियान’ नगरपालिकाले यस बर्षको नारा रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश