विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैयामा चोरको बिगबिगी, दिनदहाडै एकाजाको घरमा भयो चोरी

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।। 

बाराको सदरमुकाम कैयामा दिन दहाडै चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयको दुइ सय मिटर दक्षिण र उप-महानागरपालिकाको कार्यालय भन्दा ५० मिटर उत्तर तर्फ सुरज थापाको घरमा चोरी भएको छ । सदरमुकाम भएको ठाउमा दिन दहाडै चोरी हुनु भनेको प्रशासनको लापारवाही रहेको स्थानियाहरुको बुझाइ र भनाइ रहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

एउटा नेता आउदा सयकडौ प्रहरी खटाइन्छ  तर निर्वाचन कार्यालय र नगर कार्यालय को बीचभागमा रहेको ठाउमा कहिले पनि एउटा प्रहरी नरहेकोले यस्तो घटना हुनगएको स्थानीयहरुको भनाइ रहेको छ ।

Karaiya Mai Notice Winter

थापाको घरबाट एकतोला सुनको गहना, १५ हजार नगद तथा २० हजार मुल्य भएको sammang को मोबाइल चोरी भएको थापाले जनाएका हुन् ।

थापाको घरमा सबैजना ताल्चा लगाई साझ करिब ५ बजे बजार गर्न गएको बेला चोरले मौका छोपी सोहि बेला चोरी गरेको थापाले जनाएका हुन् । थापाका घरपरिवारले करिब ६ बजे बजारबाट फर्के पछी ताल्चा फुटेको हेरेर थाहा पाएको थापाले जनाएका हुन् ।

चोरहरुको खोजतलास तथा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed