CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पत्रकार रवि लामिछानेलाइ जेल किन

फेटा GP PSA
648
सिम्रौन्गढ़ नपा psa

बारा ।। 

पत्रकार रविलाइ जेल भयो बारेमा बिहान बेलुका चियाचर्चाको विषय बनेकोछ । पत्रकारलाई जेल हुनु कुनै ठुलो कुरा होइन किनकि अपराध गर्ने लाइ सजाय हुनु पर्छ । तर बिडम्बना योछ हाम्रो नेपालमा जहा न्याय उसैलाई पाई रहेको छ जसलाई गुलामी गर्न आउछ यहा भएका भ्रष्ट नेताहरुको, अन्यथा न्याय त् पाउनु परे जाओस सेवा सुबिधा पनि पाई नरहेको बुद्धिजीवि वर्गहरुको भनाइ तथा बुझाइ रहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

रहयो कुरा पत्रकारिता, भने पत्रकार भनेको समाजको आइना हुनुपर्छ तर हाम्रो नेपालमा पत्रकारिता भनेको दलगत र नाताबाद तथा किर्पाबादमा आधारित रहेकोले नेपालको न्त्र निष्पक्ष पत्रकारिता गरि रहदा सरकारलाई अप्ठ्यारो भएकोले पत्रकार लामिछानेलाई कसरि सिध्याउने भन्ने बारेमा गहन योजना बनाइ विभिन्न बहानामा फसाइएको आमजनताको बुझाइ तथा भनाइ रहेकोछ ।

Karaiya Mai Notice Winter

पत्रकार रविले दु:खमा रहेका व्यक्तिको आवाज बनि कयौ दु:खित व्यक्तिलाई विदेशमा गएर त्यस्तो रेस्क्यु गरि सत्य तथ्य अनि निष्पक्ष पत्रकारिता गरि घटना बारेमा उजागरगर्दै चर्चामा आए तर नेपालको कानुन र नेपालका राजनीति तर्फ आफ्नो ध्यान आकृष्ट गरे पश्चात सरकारको आखाको कसिंगर बन्दै लामिछाने जेलको हावा खानुपरेको अवस्था रहेको आमजनता तथा गणमान शिक्क्षित वर्गको ठम्माइ रहेको छ ।

आखिर पत्रकार कसरि निष्पक्ष र स्वतन्त्र पत्रकारिता गर्छ भन्ने बारेमा हरेक पत्रकारले सोच्ने गरेका छन् तर हरेकजनाले आफु कुनै नकुनै पार्टीका भात्री संगठनमा आबध रहेका छन् र उसको पार्टीले जेगरेपानी ढाकछोप गरेको कारणले पत्रकार आफै आफ्नो स्वतन्त्रता गुमाएको विभिन्न जानकारहरुको भनाइ रहेकोछ । खास गरेर केन्द्र स्तरका संचार ग्रिह तथा विभिन्न प्रेस संगठनका प्रमुख हरुनै नेताको चाप्लुसीमा लागेकोले आज पत्रकारिता जगत बदनाम हुदै गैरहेको अवस्था रहेको पुर्व कर्मचारी तथा जानकारहरुको भनाइ रहेको छ ।

नेपाल सरकारले त्यारपारेको पत्रकारिता विधयेकको बारेमा नेपाल पत्रकार महासंघ सरकारको छाता संगठन भएको नाताले खुलेर बिरोध नगरेको र जसको फलस्वरूप पत्रकारितामा दिनप्रतिदिन सरकार निरंकुस हुदै गईरहेको विभिन्न जानकारहरुको भनाइ रहेको छ ।

लामिछाने जेभएतापनि उसले आफ्नो क्षमता अनुसार स्वतन्त्र भई काम गरिरहेको र सरकारको चाप्लुसी नगरेकोले उसलाई जेल हालेको आमजनताको बुझाइ रहेको छ । यस्तै सरकारको रवैया रही रहयो भने भोलिको दिनमा ‘नेपाल’ नेपाल नरही नेपालको अस्तित्व मेटिदिने छन् यी हाम्रा राष्ट्रका खोक्रो राष्ट्रबादी नेताहरुले भन्ने सर्वसाधारणको भनाइ रहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश