विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मध्य नेपाल सन्देश पत्रिकाले आफ्नो तेस्रो बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम समपन्न

सिम्रौन्गढ़ नपा psa

मध्य नेपाल मिडिया प्रालिको पानीटंकीस्थित कार्यालय परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ९ महिला सहित ३० जनाले रक्तदान गरेका छन् ।
प्रदेश नं. २ का अर्थ राज्यमन्त्री उषा यादवको प्रमुख आथित्यमा भएको कार्यक्रममा निलम पन्त, आमा छोरी सुमित्रा सापकोटा, सुरक्षा सापकोटा, सविना खुरसेद, रविता सिंह, कविता पोखरेल, प्रियंका यादव, कविता खड्का, गिता भण्डारी गरी ९ जना महिला र शिवनाथ यादव, रोहित साह, प्रविन खड्का, समसुल हवारी, विरेन्द्र राज कडेल, संजित चौधरी, गुलशन कुमार सिंह, प्रधुमन सिंह, ग्लोबल विजनश कलेजका विद्यार्थीहरु विवेक वर्णवाल, दिपु तिवारी, अजय सोनार, आदित्य शर्मा, प्रविन चिमारिया, दिपक कुमार सिंह, आशिष कुमार ठाकुर, संतोष कुमार रिजाल, देवेन्द्र सिहं, आयुष नेपाल, नवराज घिमिरे, हिरालाल साह गरी ३० जनाले रक्तदान गरेको मध्य नेपाल पत्रिकाकी सम्पादक कविता खड्काले बताईन् । 


प्रदेश नं. २ का अर्थ राज्यमन्त्री उषा यादवले सबैभन्दा बढी रगत महिलालाई आवश्यक पर्ने तर महिलाहरुको रक्तदानमा सहभागिता गराउन असाध्यै चुनौति रहेको बताएकी थिईन् । उनले घुघट भित्र रहेकी महिला समाजको अगाडी यस्तै चुनौतिपुर्ण काममा संलग्न हुदैँ गए रगतको अभावमा अकाल मै ज्यान गुमाउनु पर्ने बाध्यता नआउने बताईन् । प्रदेशमा सबैभन्दा बढी मानवस्रोत भएकाले हामीले यस मानवस्रोतलाई व्यवस्थापन गर्न सके सबै प्रदेश भन्दा समृद्ध प्रदेश २ हुनेमा विश्वास व्यक्त गरेकी थिईन् । 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter


निकै चुनौतिपुर्ण रहेको पेशा पत्रकारिताको माध्यमले महिलाहरुले महिलाहरुको हकहितका लागी गर्दै आएको कामको समाजसेवी मधु राणाले खुलेर प्रशंसा गरेकी थिईन् । 


कार्यक्रममा नेपाल रेडक्रस सोसाईटिका अध्यक्ष विरेन्द्र राज कडेल, ग्लोबल विजनश कलेजका प्रध्यापक श्रीराम दास, ओम प्रकाश श्रेष्ठ, सुरज कुर्मी पटेल, युवा नेता दिलिप राज कार्की, भिजिट मधेशका संयोजक ओम प्रकाश सरार्फ, जवाफदेहिताका लागी युवा अभियान शिवनाथ यादव, सञ्चारकर्मी विजय भण्डारी ब्लड बैकका प्राविधिकहरु दिलमाया घिमिरे, सुजित पटेल, विकास कुशवाहा, राजाबाबु गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed