विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सञ्चारकर्मी साहको उम्मेदवारी गढिमाई ट्रष्टमा

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।

बारामा अवस्थित विश्व प्रसिद्ध गढिमाई मन्दिर सञ्चालन तथा विकास समितिको चुनावमा सञ्चारकमीको उम्मेदवारी परेको छ । ट्रष्टको चुनामा सञ्चारकर्मी अजय कुमार साहको सदस्यमा उम्म्ेदवारी परेको हो । विश्व प्रसिद्ध गढिमाई प्रचारप्रसारको अभावमा जुन रुपले विश्व सामु चिनिने हो त्यो हिसावले नभएको प्रति आफनो उम्मेदवारी परेको साह बताउछन । आफुले विगतमा गढिमाई मन्दिर बारे कलम चलाउदै आएको र अगामी दिनमा निरन्तर कलम चलाउने प्रतिवद्धता जनाएका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

हारजित भनेको चलिनै रहने तर सवै सञ्चारकर्मीको साथ र सहयोगले आफुले उम्मेदवारी दर्ता गराएको उनि बताउछन । अहिले सम्मको ईतिहासमा गढिमाईको ट्रष्टमा स्थानिय बरियारपुरवासी बाहेक कसैले उम्मेदवारी दिन सकेको थिएनन । बरियारपुर बाहेक सञ्चारकमी साह पहिलो उम्मेदवार हुन । उनको प्रस्तावकमा नेपाल पत्रकार महासंघका निर्वतमान उपाध्यक्ष राकेश पाण्डे सर्मथनमा पन्नालाल दास रहेको थिए । सञ्चारकर्मी साहको उम्मेदवारीले स्थानिय महिला सञ्जाल, नागरिक समाज, बुद्धिजिवि लगायतले प्रत्यक्ष र समाजिक सञ्जाल मार्फत बधाई समेत दिएका छन ।

समाजमा अहिले युवाको जोस जागर समाजिक तथा धार्मिक क्षेत्रमा राखे समाज सकारात्मक दिसा तर्फ लगिन सक्ने नागरिक समाजका अध्यक्ष उमेशलाल दास बताउछन । समाजमा सकारात्मक रुपमा कलम चलाउदै आएका सञ्चारकमी साहलाई अग्रिम बधाई दिदै यस्ता युवा पिढिलाई मौका दिए गढिमाईमा आन्तरिक र वाहय पर्यटक भित्रयाउन सहयोग पुग्ने नेपाल पत्रकार महासँघ प्रदेश नम्वर २ का सदस्य सिकिन्द्र पासवनले बताएका छन । सञ्चारकर्मी साह विगत एक दशक भन्दा बढि समय देखि सञ्चार क्षेत्रमा कार्यरत छन । अहिले उनि एभिन्यु टेलिभिजन तथा राजधानी राष्ट्रिय दैनिकमा बारा जिल्लाबाट कार्यरत छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed