विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

तस्करीका समान स्कर्टिङ गर्ने समान सहित तीन तस्कर पक्राउ ।

तस्करीका समान स्कर्टिङ गर्ने समान सहित तीन तस्कर पक्राउ ।

सिम्रौन्गढ़ नपा psa

तस्करीका समान स्कर्टिङ गर्ने समान सहित तीन तस्कर पक्राउ ।

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट।भदौ १५। जिल्ला प्रहरी कार्यालय रौतहटले लाखौं रुपैयाँ बराबरको तस्करीका समान सहित स्कर्टिङ गर्ने तीन जना तस्करलाई पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटेका सि.अाई.टि प्रहरी टोलीले रौतहटको ईशनाथ नगरपालिका वडा नंबर ६ हुँदै नेपालबाट भारत तर्फ लग्दै गरेको कालो मरिच, मटर र छोहडा सहित अन टेस्ट सेतो बोलोरो पिकअप गाडी पक्राउ गरेका छन्।नेपाल भन्दा भारतमा यी सबै समानका दोब्बर मुल्य भएपछि नेपालबाट तस्करी हुने गरेको प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जनाएको छ। मैले अाएको दिन देखि तस्करी नियन्त्रणका लागि छुट्टै संगठन बनाई नियन्त्रण गर्ने तर्फ लागेका प्रहरी उपरीक्षक खत्रीले जनाएको छ। जिल्लामा पछिल्लो समयमा खुल्याम तस्करी भईरहेको हुँदा अहिले ठुलो मात्रको तस्करी न्युण भएको प्रहरी उपरीक्षक खत्रीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको सि.अाई.टि प्रहरी टोलीले ईशनाथ नगरपालिका वडा नंबर ६ को नेपाल भारत सिमा दशगजांबाट अन टेस्ट बोलोरो पिकअपबाट १० बोरा कालो मरिच, ४७ बोरा मटर र ३ बोरा छोहडा सहित मोटरसाइकलबाट स्कर्टिङ गर्ने ३ जना तस्करलाई प्रहरीले पक्राउ गरेका प्रहरी उपरीक्षक खत्रीले जनाएको छ। स्कर्टिङ गर्ने ईशनाथ नगरपालिका वडा नंबर ७ का बिरेन्द्र साह, बिरगंज महानगरपालिका वडा नंबर १४ का अादित्य नारायण साह र भारत बिहार मोतिहारी ग्राम पंचायत सिसवा वडा नंबर १५ का भागरित साह सवार रहेको BR 5A 4336 नंबर मोटरसाइकल सहित अ.मु २३ लाख ५९ हजार ९ सय बराबरको पक्राउ गरेका प्रहरी उपरीक्षक खत्रीले जनाएको छ। पक्राउ परेका समानहरु अावश्यक कार्वाहीका लागि गौर भन्सारमा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed