CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

छात्रा मुस्कान खातुन माथि एसिड प्रहार

फेटा GP PSA
845
सिम्रौन्गढ़ नपा psa

वीरगञ्जमा विद्यालयमा अध्यनरत एक छात्रा माथि एसिड प्रहार भएको छ । शुक्रबार बिहान करिब ७ बजे विद्यालय जाने क्रममा कक्षा ९ मा अध्ययनरत छात्रा मुस्कान खातुन माथि एसिड प्रहार गरिएको छ ।घरबाट विद्यालय जाने क्रममा उनी माथी वीरगन्जको गणेशमान चौकमा एसिड प्रहार गरिएको हो ।त्रिभुवन माध्यमिक विद्यालयमा अध्यन रत खातुन माथी १७ बर्षीय मजिद मियाँ हजामले एसिड प्रहार गरेका हुन् ।
वीरगञ्ज श्रीपुर घर भई हाल छकैया ३ डेरा गरी बस्ने मुस्कानलाई मिँया लगायत दुई जना युवकले विद्यालय जाने क्रममा एसिड प्रहार गरेको पिडितका परिवाजनको भनाइ रहेको छ ।

Karaiya Mai Notice Winter

स्कुल जाने क्रममा बीच बाटोमा रोकेर उनीमाथि एसिड प्रहार गरिएको हो । उपचारको लागी उनलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको लागी भर्ना गरिएको थियो । खातुनको अवस्था गम्भिर भएको कारण उनलाई किर्तिपुर बर्ष अस्पतालमा रेफर गरिएको छ ।
उनीमाथि एसिड प्रहार गर्ने मजिद फरार छन् भने प्रहरीले अर्का एक जनालाई शंकाको आधारमा पक्राउ गरेको छ ।
घटनामा संलग्न रहेको संकाको आधारमा १४ बर्षिय सम्सदा मिँया हजामलाई पहरीले पक्राउ गरेको छ । मुख्या आरोपि रहेका मजिद मियाँको खोजी कार्य भइरहको पर्सा प्रहरीले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश