विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कार्यालय प्रमुख श्रीवास्तवको गुनगान, सुवर्ण गाउपालिका स्वक्षता अभियानमा जिल्ला को तेस्रो स्थान हासिल गर्दै

सिम्रौन्गढ़ नपा psa

बारा, फाल्गु०५// सुवर्ण गाउपालिका को वाडा न. ६ र ८ खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ । स्वास्थ्य नै धन हो भन्ने मुल्य र मान्यता का साथ् दुइटै वडा अध्यक्ष को अध्यक्षतामा खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ। वडा न.६ का अध्यक्ष शिवधारी दास तत्मा र ८ का अध्यक्ष सैबुल्लाह मिया कुजडा को अध्यक्षतामा तथा माननीय रामसहाय यादव को प्रमुख आतिथ्य एवं गाउपालिका अध्यक्ष महेन्द्र प्रासाद यादव, उपा-अध्यक्ष बबिता देवी यादव, गाउपालिका कार्यालय का अधिकृत नविन श्रीवास्तव तथा सबै वाडा का वाडा अध्यक्ष, फोरम नेपाल का जिल्ला सचिव धरमवीर प्रसाद यादव, सदस्य राजकुमार पण्डित , चन्देश्वर प्रसाद यादव , वाडा सचिव हरिनारायण चौरसिया रामाधार प्रसाद साह, नारायण प्रसाद यादव , मैजुबुलाह खा, बिओपि कावाही गोठका इन्चार्ज रामसरण विष्ट , शास्त्र बेश कैम्पका इन्चार्ज शैलेन्द्र न्योपाने , प्रहरी चौकी तेलकुवा का इन्चार्ज कमलेश प्रसाद यादव लगायत को विशिष्ट अतिथ्यता मा खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम भएको छ। जथा भावी खुल्ला दिशा गरे अनेकौ रोगको सिकार हुने भएको कुराको जनचेतना का साथ हरेक घरधुरी मा एक एक चर्पी निर्माण गरि स्वक्षता अभियान अन्तरगत आज एकै दिन दुइटै वाडा खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपालको स्वक्षता अभियान अनतरगतको सुचिमा सबै जिल्लाहरु मध्ये पछाडी परेको जिल्ला बरा जिल्ला नै रहेको मा अब बारा जिल्ला पनि चाडै नै आफ्नो नाम कमाउने तरखरमा रहेको यु एन – हैबिटेट का डिसि उमा सिमखडाले आफ्नो मन्तव्य राखने क्रममा बताएकी थिन । उपालिका अधिकृत नविन श्रीवास्तव बारा गढी बाट सुवर्ण गाउपालिका मा आए संगै एकै साथ् दुइटा वाडा लाइ खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सफल भएकोले सिमखडाले बारागढ़ी को बारेमा चर्चा गर्दै कार्यालय प्रमुख श्रीवास्तवको गुनगान गर्दै धन्यबाद ज्ञ्यापन गरेकी थिन ।

Karaiya Mai Notice Winter

सुवर्ण गाउपालिकामा कुल घरधुरी चार हजार रहेको मध्ये वाडा न ६ मा ५५० र ८ मा ३७९ घर धुरी रहेका छन् । ती सबै घर धुरीमा शौचालय निर्माण भैसकेको र बाकि रहेको वाडा हरु पनि चाडैनै खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुने सिम्खडाले बताइन । पुरै गाउपालिका मध्ये जम्मा लगभग १०० वटा मात्र घरधुरी शौचालय बनाउन लाई बाकि रहेको उलेखगरे।

युएन हबिटैट को साझेदारी र आर एसएन आर डी टी आर ओ को सहजीकरण तथा दुऎटै वाडाको आयोजनामा घोषणा सभा भएको छ।कार्यक्रमको सुरुमा बैनर लाइ खोलि मैन बत्ती जलाई प्रमुख अतिथि यादवले कार्यक्रम उदघाटन गरेका थिए। उदघाटन पश्चात राष्ट्रिय गीत बजाई सहिद हरुको सम्मानमा एक मिनेटको मौन धारण गरि कार्यक्रम सुरु भएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed